रक्सी खाने र वेच्नेको रहन सहन फरक
रक्सि वेच्नेको आर्थिक स्तर वढ्छ ,
रक्सि खानेको आर्थिक स्तर खस्छ
रक्सि खानेको जिऊ थोत्रो भएछ
रक्सि वेच्नेको जिऊ सुन्दर बनेको हुन्छ
रक्सि वेच्नेकाे छोराछोरीकाे मन असल
रक्सि वेच्ने हिड्ने माहाशयको मन खराव ,
रक्सि वेच्ने मानिस इमान्दार भए
रक्सि खाने जड्याहा रे सधै उस्तै हो
रक्सि वेच्नेकै छोरा र छोरी विदेश पढ्ने
रक्सि खानेकाे छोरा र छोरी डोकोमा मल्ल बाेक्ने रे
बाटोघाटोमा आउँदा फलानाको छोराछोरो आउनु भयो भन्थो
नाथे त्यही रक्सी खानेकी छोराछोरी आयो भन्थो
समाजले हेर्ने बोली वचनमा पनि भिन्न
रक्सि खानेहरू छाप्रामा वस्छन्
रक्सि वेच्नेहरू महलमा वस्छन् ,
गरिवले वाच्नको लागि रक्सि पिउँछन्,
धनीमानीले शाेक र रमाईलोको लागि रक्सि पिउँछन्
धनिलाई रक्सिले ज्यान लिन्छ रे भन्छन् थाहा भईकन वेच्छन्
गरिवलाई रक्सिले ज्यान लिन्छन् भनी थाहा हुन्दा हुन्दै
पिउँन वाध्य भएरै खान थाल्छन्
हुन्छ कि ज्यान बनाउन
विहान र वेलुका लुकाई लुकाई पिउँछन्
रक्सि पिउँन झुत्ररे लुगाई जान्छन्
त्यही रक्सि पिउँन त्यो माईलाे
पिउँदा पिउँदै अकालमा ज्यान गुमाउन्छन्
बल्ल रक्सि पिलाउनेलाई थाहा भयाे
फलानो माईलोले संसार त्यागेछ
भन्दै नाक थुन्दै हरे भन्छन्
रक्सि वेच्न र पिलाउँन उसले छोड्दैन्
खाेई अब तल्ला घरको पालो हो कि ?
भन्दै थाईलोलाई रक्सि हाल्दै दिन्छन्
ए ! थाईलो माईलो त गयो ,
नखा रक्सि भन्छन् दिन्दै गर्छन्
पिउँन जाने रक्सि आैषधी रे !
रक्सि पिउँन नजान्ने विष रे ।


















