सुनको मूल्यमा भारी गिरावट, एकैदिन तोलामा चार हजार रूपैयाँ घट्यो

0
522

काठमाडौ, कार्तिक २२ । नेपाली बजारमा आज (बिहीबार) सुन–चाँदीको मूल्य घटेको छ। 

बुधबार प्रतितोला तीन सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार हजार रूपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६४ हजार पाँच सय रूपैयाँमा कारोबार भइरहेको छ।

बुधबार छापावाल सुन प्रतितोला एक लाख ६८ हजार पाँच सय रूपैयाँमा कारोबार भएको थियो।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
3
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here