ग्यासमा बढी मूल्य लिए कडा कारबाही गर्ने भक्तपुर प्रशासनको चेतावनी

0
18
ग्यासमा बढी मूल्य लिए कडा कारबाही गर्ने भक्तपुर प्रशासनको चेतावनी


भक्तपुर, भाद्र २५ ।जिल्ला प्रशासन कार्यालय भक्तपुरले जिल्लाभित्र विभिन्न कम्पनीका ग्यास सिलिन्डर बिक्री–वितरण गर्दा नेपाल सरकारले तोकेको मूल्यभन्दा बढी रकम नलिन व्यवसायीलाई चेतावनी दिएको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले जारी गरेको सूचनामा ग्यासको आपूर्ति व्यवस्थालाई सहज बनाउँदै तोकिएको मूल्यभन्दा बढी मूल्य लिने, कालोबजारी गर्ने, कृत्रिम अभाव सिर्जना गर्ने, अनुचित व्यापारिक क्रियाकलाप गर्ने, अनावश्यक सञ्चय गर्ने तथा उपभोक्ताको हकविपरीतका गतिविधि नगर्न/नगराउन अनुरोध गरिएको छ।
कार्यालयले जिल्लाभित्र ग्यासको बिक्री–वितरण तथा आपूर्ति अवस्थाबारे नियमित अनुगमन र सूचना संकलन भइरहेको जनाएको छ। त्यस्ता गतिविधि गरेको पाइएमा नेपाल सरकारको प्रचलित कानुनबमोजिम कडा कारबाही गरिने प्रशासनले स्पष्ट पारेको छ।
जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपभोक्तालाई पनि ग्यास खरिद गर्दा तोकिएको मूल्यभन्दा बढी रकम नतिर्न तथा अनियमितता भए सम्बन्धित निकायमा जानकारी गराउन आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय भक्तपुरले उपभोक्ता हित संरक्षण तथा बजार अनुगमनसम्बन्धी कार्य गर्दै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here