भक्तपुर, जेठ १३। यस वर्षको एसइइ २०८२ परीक्षामा सम्मिलित भई उत्तीर्ण भएका विद्यार्थीहरूका लागि एक विशेष मार्ग निर्देशन, बधाई तथा बिदाई कार्यक्रम गणेश मावि छलिङमा सम्पन्न भएको छ। विद्यालयका प्रधानाध्यापक/सभापति इन्द्र बहादुर फोजूको सभापतित्वमा उक्त कार्यक्रम आयोजना गरिएको हो।कार्यक्रमका प्रमुख अतिथि एवं विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछे भक्त फोजूले उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै कक्षा ११ मा अध्ययनका लागि विभिन्न सङ्काय विषयमा जान साकने भएकोले अभिरुचि जगाउन मार्गनिर्देशन गर्नुपर्नेमा आफू स्वयंले विषय छान्ने काम समेत भएकोले आफुले मेहनती बन्नु आवश्यक रहेकोले क्षमता अनुसार मात्र विषय छान्नु पर्ने र छानिएको विषयमा अब्बल बन्न हरदम प्रयत्नशील हुनु आवश्यक रहेको कुरा बताउनु भयो। साथै विद्यार्थीमा विविध रुची र मनोभावना भएतापनि देशभक्ति र राष्ट्रप्रतिको माया र महत्व जानेर दक्षता हासिल गरी विज्ञता बन्ने उदेश्यले अध्ययन गर्नु पर्ने र देशका लागि दक्ष जनशक्तिका साथै देशभक्त नागरिक बन्न आग्रह गर्नुभयो। उहाँले विद्यार्थीहरूलाई आगामी दिनमा अनुशासित भई देश सेवामा लाग्न प्रेरित गर्नुभयो।त्यस्तै, कार्यक्रममा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्ण भक्त फोजू, विद्यालय व्यवस्थापन समितिका सदस्य राज्यश्वरी दुवाल, वरिष्ठ शिक्षक दिनानाथ पोखरेल र अभिभावक शिक्षक समिति अध्यक्ष ज्ञानेन्द्र सिन्केमनी लगायतले अतिथि आसनबाट विद्यार्थीहरूलाई उज्ज्वल भविष्यको शुभकामना व्यक्त गर्नुभयो।यसअघि, सहायक प्रधानाध्यापक रामकृष्ण त्यातले उपस्थित सबैलाई स्वागत मन्तव्यमार्फत स्वागत गर्नुभएको थियो भने कक्षा १० का विद्यार्थी साकुरा बाटाले शुभकामना तथा बधाई ज्ञापन गर्नुभएको थियो। परीक्षामा सम्मिलित विद्यार्थीहरूका तर्फबाट दिव्या सिन्केमनी र साजन थामीले आफ्ना अनुभव र शिक्षालयप्रतिको धारणा राख्नुभएको थियो।कार्यक्रममा एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई मायाको चिनो, खादा ओढाएर र मिठाइ खुवाएर बधाई ज्ञापन गरिएको थियो। साथै, परीक्षामा उत्कृष्ट जिपिए (GPA) हासिल गर्ने विद्यार्थीहरूलाई विद्यालयले प्रोत्साहनस्वरूप नगद पुरस्कार र विषयमा उत्कृष्ट जिपिए (GPA) हासिल गर्नेलाई सम्बन्धित विषयमा शिक्षकले समेत नगद पुरस्कार वितरण गरिएको थियो।उक्त सम्पूर्ण कार्यक्रमको सञ्चालन शिक्षक लक्ष्मी नारायण लिगलले गर्नुभएको थियो।
गणेश मावि छालिङमा एसइइ उत्तीर्ण विद्यार्थीहरूलाई बधाई तथा बिदाई कार्यक्रम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















