Wednesday, September 11, 2024

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home शिक्षा करिव ३५०० जनाले अवलोकन गरे वागीश्वरी माविको विज्ञान प्रदर्शनी

करिव ३५०० जनाले अवलोकन गरे वागीश्वरी माविको विज्ञान प्रदर्शनी

श्रावण १२, वागीश्वरी माध्यमिक विद्यालयले आज आफ्नो विद्यालय इतिहासमै पहिलोपटक एजुकेशनल फिट २०८० को आयोजना गरेको छ । बिगतका वर्षहरुमा विज्ञान प्रदर्शनी गर्दै आएको बागीश्वरी माध्यमिक विद्यालयले यस बर्ष आफ्नो विद्यालयमा सन्चालित विभिन्न सन्कायहरुलाई पनि समेतेर EDUCATIONAL FETE को आयोजना गरेको हो। जस अनतर्गत सो प्रदर्शनिमा कक्षा ९/१० का विद्यार्थीहरुको तर्फ बाट ३० वटा, कक्षा १२ मा अध्ययनरत विज्ञान सन्कायका विध्यार्थीहरु द्वारा २० वटा, टेक्स कार्यक्रमको तर्फबाट १६ तथा मानविकी, ब्यबस्थापन र शिक्षा सन्कायबाट १३ गरि जम्म ७९ वटा स्टलहरु रहेका थिए ।


उक्त कार्यक्रमको उद्घाटन बि.ब्य. स. अध्यक्ष रबिन्द्र ज्याख्वले गर्नुभएको थियो भने कार्यक्रममा +2 सयोजक ज्ञान सागर प्रजापती, स.प्र. अ. उकेश सुवाल, कार्यक्रम सयोजक निरु ताल्चाभदेल तथा प्र. अ. कृष्ण प्रसाद धन्छाले मन्तब्य ब्यक्त गर्नु भएको थियो ।


कार्यक्रमको अवलोकन गर्नका लागी वडा नं. ९ मा अवस्थित विद्यालयहरु सरस्वती विद्यागृह, समाज सुधार मा वि, भिम आदर्श आ वि, दत्तात्रय आ वि तथा पारागन मा वि का बिद्यार्थिहरुको आगमन भएको थियो। बिहान आठ बजे देखि दिउँसो साढे तीन सम्म सन्चालित उक्त कार्यक्रमको समापन समारोहमा शिक्षकहरु नविन्द्र लाल कर्माचार्य , मंगलेस्वर धोजु तथा राम लक्ष्मी अवालले कार्यक्रमको बारेमा समग्र बिचार प्रस्तुत गरेका थिए । विज्ञान प्रदर्शनीमा करिव ३५०० जनाले अवलोकन गरिएको विद्यालयका शिक्षक नविन्द्र लाल कर्माचार्यले बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments