भक्तपुर। भक्तपुर नगरपालिकाले बालबालिका तथा ज्येष्ठ नागरिकहरूको हितलाई ध्यानमा राख्दै दुई वटा महत्वपूर्ण कार्यक्रम सञ्चालन गर्न लागेको छ। नगरपालिकाले ‘कमलविनायक शिशु स्याहार केन्द्र’को समुद्घाटन र ज्येष्ठ नागरिकहरूका लागि ‘ख्वप आदर निकेतन’ सञ्चालनको तयारी पूरा गरेको हो।
भक्तपुर नगरपालिकाद्वारा सञ्चालित कमलविनायक शिशु स्याहार केन्द्रको औपचारिक समुद्घाटन आगामी भाद्र २३ गते, मंगलबार हुने भएको छ। नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेंको प्रमुख आतिथ्यतामा बिहान १०:०० बजे यातु गणेश मन्दिर परिसर, कमलविनायकमा समुद्घाटन समारोह आयोजना गरिने भक्तपुर नगरपालिकाका स्रोतल! जनाएको छ।
यसैगरी, नगरपालिकाले ज्येष्ठ नागरिकहरूका लागि दिवा सेवा प्रदान गर्ने उद्देश्यले ‘ख्वप आदर निकेतन’ सञ्चालन गर्ने भएको छ। आगामी असोज ४ गतेदेखि बिहान १०:०० बजेदेखि साँझ ५:०० बजेसम्म सञ्चालन हुने उक्त दिवा सेवाका लागि भर्ना आह्वान गरिएको छ।


















