भक्तपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु, हालसम्म ७०० जनाले राष्ट्रिय परिचयपत्र प्राप्त

1
1273

श्रावण २१, भक्तपुरमा राष्ट्रिय परिचयपत्र वितरण सुरु गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले राष्ट्रिय परिचयपत्र वितरण सुरु गरेको हो । विवरण पेस भई राष्ट्रिय परिचयपत्र छापिएर आएपछि प्रशासनले वितरणको काम सुरु गरेको जनाइएको छ । हालसम्म करिब ७०० जनाले राष्ट्रिय परिचयपत्र प्राप्त गरिसकेको जिल्ला प्रशासन कार्यालय, भक्तपुरका राष्ट्रिय परिचयपत्र दर्ता अपरेटर इश्वरा श्रेष्ठले बताए ।


परिचयपत्र लिन व्यक्ति स्वयम् आउनुपर्ने हुन्छ । जिल्ला प्रशासन कार्यालयले ‘फिङ्गर प्रिन्ट’ रुजु गर्न र पिन नम्बरसमेत रहेकाले परिचयपत्र लिन आफै आउनुपर्ने जनाएको छ ।


जिल्ला प्रशासन कार्यालय भक्तपुरले राष्ट्रिय परिचय-पत्र लिन आउँदा आफ्नो मोबाईलको म्यासेज बक्समा म्यासेज प्राप्त गर्ने सेवाग्राहीले आफ्नो सक्कल नागरिकता, विवरण दर्ताको समयमा उपलब्ध गराईएको स्लिप तथा अनिवार्य रुपमा मोबाईलमा प्राप्त म्यासेज सहित तोकिएको दिनमा कार्यालय समयभित्र जिल्ला प्रशासन कार्यालयको राष्ट्रिय परिचयपत्र वितरण शाखामा सम्पर्क गर्नुहुन अनुरोध गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

1 COMMENT

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here