जनसेवा आधारभूत विद्यालयको ४८औँ वार्षिकोत्सव सम्पन्न, प्ले स्टेसन उद्घाटन

0
17

भक्तपुर, ६ असोज ।

जनसेवा आधारभूत विद्यालयको ४८ औं वार्षिकोत्सव, छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उप प्रमुख रजनी जोशीले कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं नगर उप प्रमुख जोशीले नगरभित्रको शैक्षिक विकासका लागि नगरपालिका सधैं प्रतिबद्ध रहेको बताउनुभयो । बालबालिकाको चौतर्फी विकासका लागि किताबी ज्ञानका साथै खेलकुद र अतिरिक्त क्रियाकलाप उत्तिकै महत्वपूर्ण हुने उहाँको भनाइ थियो ।

वार्षिकोत्सवको अवसर पारेर विद्यालयमा नवनिर्मित ‘प्ले स्टेसन’ (खेल कक्ष) को समेत उद्घाटन गरिएको कार्यक्रममा साना बालबालिकाहरूको मनोरञ्जन र सिकाई प्रक्रियालाई थप प्रभावकारी बनाउने उद्देश्यले स्थापना गरिएको उक्त प्ले स्टेशन निर्माणले विद्यालयको भौतिक सुन्दरता थप भएको प्रसंशा व्यक्त गर्नुभयो। भक्तपुर नगरपालिकाले शिशुकक्षा देखि आदर निकेतन सम्मको कार्यलाइ उत्तिकै महत्त्वका साथ
जिवन्त नगर र बाजाको नगर भक्तपुरको रुपमा अधि बदाउदै लगेको कुरा जानकारी गर्नुभयो।

कार्यक्रममा ४ वडाका अध्यक्ष उपेन्द्र सुवालले
पुर्ब बाल बिकास तहको शिक्षालाई बिशेष प्राथमिकता दिदै क्षमतावान शिक्षकले मात्र क्षमतावान विद्यार्थी तयार गर्न सकिन्छ। अभिभावक, शिक्षक,विद्यार्थी र विद्यालयको भौतिक सक्षमताले गुणस्तरीय शिक्षामा भुमिका खेल्ने कुरा औलाउनु भयो।

विद्यालयका प्रधानाध्यापक कृष्ण प्यारी दुवालले विद्यालयको वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । प्रतिवेदन प्रस्तुत गर्दै प्रधानाध्यापक दुवालले विद्यालयको शैक्षिक गुणस्तर सुधार, भौतिक पूर्वाधारको विकास र आगामी दिनमा चालिने कदमहरूबारे विस्तृत जानकारी गराउनुका साथै विद्यालय समग्र स्तर उन्नतिको लागि सहयोग गर्न समेत अपिल गर्नुभयो।

यस्तै, आधारभूत विद्यालय समितिका अध्यक्ष कृष्ण गोपाल कर्माचार्य, बुद्धिजीवी राजेन्द्र श्रेष्ठ, समाजसेवी पशुपति प्रजापतिले विद्यालयको स्तरोन्नति र विद्यार्थीहरूको उज्ज्वल भविष्यको कामना गर्दै आ-आफ्नो शुभकामना मन्तव्य राख्नुभएको थियो ।

कार्यक्रममा कृष्ण देवी छात्रवृत्ति प्रज्वल सुवेदी र मेलिना राइलाई वितरण गारिएको थियो। कार्यक्रममा नृत्य विधामा उत्कृष्ट भएका छात्रा तर्फ प्रनिशा तामाङ र छात्र तर्फ सोमेल ग्यावालाई नृत्य पदक २०८३ प्रदान गरिएको थियो । साथै विविध खेलकुद र अतिरिक्त क्रियाकलापको समेत पुरस्कार वितरण गरिएको थियो।

औपचारिक कार्यक्रमको समापनपछि जनसेवा बाल क्लबको सकृयता विद्यार्थीहरूले विभिन्न लोकझाँकी, नृत्य र गीतसहितको रोचक सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेको थियो ।

उक्त कार्यक्रममा विद्यार्थीको भबिस्यमा देशको भबिस्य लुकेको हुन्छ। नियमित बिद्यालय पठाएमा बालबालिकाको शैक्षिक अवस्था प्रगती हुने जानकारी गर्दै अभिभावक बालबालिकाको शिक्षाप्रती सचेत र सजग हुनुपर्ने बताउदै विद्यालय ब्यवस्थापन समितिका अध्यक्ष राजाराम सुवालको सभापतित्वमा कार्यक्रम सम्पन्न भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here