सत्य राम कासिछ्वा
भक्तपुर, मंसिर १। भक्तपुर नगरपालिकाको आयोजना मंसिर ३ गतेदेखि ९ गतेसम्म नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत मंसिर ६ गते आइतबारदेखि ८ गते मंगलबारसम्म ब्याडमिन्टन प्रतियोगिता लिवाली कभर्डहलमा संचालन हुँदैछ ।
प्रतियोगितामा कक्षा ६ देखि ८ सम्मको छात्र ब्याडमिन्टन इभेन्टमा ४ वटा निमाविबाट ६ जना, ५ वटा माविबाट ९ जना तथा ९ वटा निजी र आवासीय विद्यालयबाट १६ जना गरि १८ विद्यालयबाट ३१ जना छात्रहरुको प्रतिस्पर्धा हुनेछ ।
कक्षा ६ देखि ८ सम्म छात्रा ब्याडमिन्टन इभेन्टमा ३ वटा निमाविबाट ४ जना, ४ वटा माविबाट ६ जना तथा ५ वटा निजी र आवासीय विद्यालयबाट ६ जना गरि ११ वटा विद्यालयबाट १६ जना छात्राहरूको प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै कक्षा ९/१० छात्र ब्याडमिन्टन इभेन्टमा ८ वटा माविबाट १३ जना तथा १३ वटा निजी तथा आवासीय विद्यालयबाट २१ जना गरी २१ वटा विद्यालयबाट ३४ जना छात्रहरुको प्रतिस्पर्धा हुनेछ ।
त्यस्तै कक्षा ९/१० छात्रा ब्याडमिन्टन इभेन्टमा ५ वटा माविबाट ७ जना तथा ७ वटा निजी तथा आवासीय विद्यालयबाट १० जना गरि १२ वटा विद्यालयबाट १७ जना छात्राहरुले प्रतिस्पर्धा गर्नेछ ।
त्यस्तै कक्षा ११/१२ छात्र ब्याडमिन्टन इभेन्टमा ४ वटा सामुदायिक माविबाट ७ जना तथा २ वटा निजी माविबाट ३ जना गरि ६ वटा विद्यालयका १० जना छात्रहरुले प्रतिस्पर्धा गर्नेछ भने कक्षा ११/१२ कै छात्रा इभेन्टमा ३ वटा सामुदायिक माविबाट ५ जना तथा २ वटा निजी माविबाट ३ जना गरि ३ वटा विद्यालयबाट ८ जना छात्राहरुले प्रतिस्पर्धा गर्नेछ ।
ब्याडमिन्टन प्रतियोगिताको ६ वटा इभेन्टमा निमावि ४ वटा, मावि ८ तथा निजी र आवासीय १९ विद्यालय गरी जम्मा ३१ वटा विद्यालयका ११६ जना विद्यार्थीले प्रतिस्पर्धा गर्नेछ ।
पहिलो दिन २५ वटा खेल, दोस्रो दिन २१ वटा खेल, तेस्रो एवं अन्तिम दिन ६ वटा सेमिफाइनल तथा ६ वटा फाइनल गरि जम्मा १२ वटा खेल हुनेछ ।
अन्तिम दिनको सेमिफाइनल खेलमा कक्षा ६-७ को छात्र र छात्राको २/२ खेल, कक्षा ९/१० को छात्र र छात्राको २/२ खेल तथा कक्षा ११/१२ को छात्र र छात्राको २/२ खेल गरि १२ वटा सेमिफाइनल खेल संचालन हुनेछ ।
त्यस्तै अन्तिम दिनको फाइनल खेलमा कक्षा ६-७ को छात्र र छात्राको १/१ खेल, कक्षा ९/१० को छात्र र छात्राको १/१ खेल तथा कक्षा ११/१२ को छात्र र छात्राको १/१ खेल गरि ६ वटा सेमिफाइनल खेल संचालन हुनेछ ।
प्रतियोगिताको सम्पूर्ण इभेन्ट सम्मन्न भएपछि उत्कृष्ट खेलाडीहरूलाई मेडल तथा प्रमाणपत्र वितरण गरि सम्मान गरिनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















