एथलेटिक्सको पहिलो दिनको खेलमा ८ वटा विधाका इभेन्ट सम्पन्न

0
9
एथलेटिक्सको पहिलो दिनको खेलमा ८ वटा विधाका इभेन्ट सम्पन्न


सत्य राम कासिछ्वा
मंसिर ५,भक्तपुर । भक्तपुर नगरपालिकाको आयोजनामा सञ्चालित नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिताको एथलेटिक्सकाे पहिलो दिन ८ वटा विधाका इभेन्ट सम्पन्न भयो ।
एथलेटिक्सको लङजम्प छात्रातर्फ बासु माविका कृतिका मानन्धरले ३.५६ मिटर दुरी पार गरि प्रथम, बाल बिकास ईङ्गलिस सेकेन्डरी स्कूलका जोयता दथेपुथेले ३.४६ मिटर दुरी पार गरि द्वितीय तथा ज्ञान विजय आविका रोशनी चाैधरीले ३.२१ मिटर दुरी पार गरि तृतीय भयो ।
एथलेटिक्सको लङजम्प छात्रतर्फ बासु माविका गृष्म नामयोगी ले ४.९१ मिटर दुरी र प्रेम सिलवालले ४.६४ मिटर दुरी पार गरि क्रमशः प्रथम र द्वितीय तथा शान्ति निकेतन माविका लक्ष्मण चाैधरीले ४.६० मिटर दुरी पार गरि तृतीय भयो ।
६० मिटर दाैडको छात्रातर्फ बासु माविका रमिता शाही प्रथम, शारदा आविका रश्मि श्रेष्ठ द्वितीय तथा बाल बिकास ईङ्गलिस सेकेन्डरी स्कूलका सुजिन पाउँ तृतीय भयो ।
६० मिटर दाैडको छात्रतर्फ हंशबाहिनी आविका मारुती खाम्चा प्रथम, बाल बिकास ईङ्गलिस सेकेन्डरी स्कूलका श्रेविक पाउँ र शुभम ग्वाछा क्रमशः द्वितीय र तृतीय भयो ।
१५०० मिटर दाैडको छात्रातर्फ बासु माविका सुजता शाही प्रथम, जेसिस माविका परिना लाखे द्वितीय तथा गणेश माविका साहाना खातुन तृतीय भयो ।
१५०० मिटर दाैडको छात्रतर्फ सैनिक आवासीय माविका आदर्श कार्की प्रथम, शारदा माविका कपिल बरुवाल द्वितीय तथा जागृति माविका राखिल सुनुवार तृतीय भयो ।
एथलेटिक्सको सटफुट छात्रातर्फ गणेश माविका रीता पाैडेलले ६.१५ मिटर दुरी पार गरि प्रथम, बासु माविका कृतिका मानन्धरले ५.६० मिटर दुरी पार गरि द्वितीय तथा बाल बिकास ईङ्गलिस सेकेन्डरी स्कूलका चिरा कुमारी रोकामगरले ५.०६ मिटर दुरी पार गरि तृतीय भयो ।
एथलेटिक्सको सटफुट छात्रतर्फ प्रभात ईङ्गलिस सेकेन्डरी स्कूलका सफिक सुवालले ८.९५ मिटर दुरी पार गरि प्रथम, सैनिक आवासीय माविले ८.१८ मिटर दुरी पार गरि द्वितीय तथा गणेश माविका साजन तामाङले ८.०६ मिटर दुरी पार गरि तृतीय भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here