संस्कार गुरुकुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको हिज्जे प्रतियोगिता सम्पन्न

0
115
संस्कार गुरुकुलको आयोजनामा नेसनल प्याव्सन भक्तपुरको हिज्जे प्रतियोगिता सम्पन्न


साउन २४/भक्तपुरः नेसनल प्याव्सन भक्तपुरको बोर्ड कार्यक्रम अंग्रेजी हिज्जे प्रतियोगिता बोडे भक्तपुरमा रहेको संस्कार गुरूकूलको आयोजनामा सम्पन्न भएको छ !

संस्कार गुरूकूलको प्रागंणमा सम्पन्न उक्त हिज्जे प्रतियोगिताको प्रथम स्थान ईडेन गार्डेन स्कुल, द्धितीय स्थान मदरल्याण्ड स्कुल, तृतीय स्थान यूनिटी स्कुल र सान्त्वना स्थान क्वालिटी स्कुलले प्राप्त गर्न सफल भएका थिए !

नेसनल प्याव्सन भक्तपुरका अध्यक्ष संजय खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न अंग्रेजी हिज्जे प्रतियोगिताको सभाध्यक्ष एवं संस्कार गुरूकूलका प्रिन्सिपल अमन हितागंले विद्यार्थीको क्षमता अभिवृद्धि गर्ने यस्तो कार्यक्रम आयोजना गर्ने अवसर प्रदान गरेकोमा नेसनल प्याव्सन भक्तपुरलाई आभार व्यक्त गर्नु भएको थियो । कार्यक्रममा नेसनल प्याव्सनका सल्लाहकार जिबी खड्काले विजेता विद्यार्थीहरुलाई पुरस्कार वितरण गर्दै शुभकामना व्यक्त गर्नु भएको थियो !

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here