साहित्यकार एल.के. सुन्दरको ‘पखः’ विमोचन

0
67
साहित्यकार एल.के. सुन्दरको ‘पखः’ विमोचन

भक्तपुर, २३ साउन । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि.को सांस्कृतिक उपसमितिको आयोजनामा सम्पन्न पुस्तक विमोचन कार्यक्रममा साहित्यकार एल.के. सुन्दरद्वारा रचित नेपालभाषाको कथासङ्ग्रह ‘पखः’ को स्थानीय समाजसेवी एवं पूर्ववडाध्यक्ष रवीन्द्र खर्बुजाले शनिबार विमोचन गर्नुभयो ।
कार्यक्रममा अतिथि खर्बुजाले समाजको यथार्थलाई साहित्यमार्फत प्रस्तुत गरी आदर्श समाज निर्माणका लागि पथप्रदर्शन गर्नुपर्ने बताउनुभयो । साहित्यकार एल.के. सुन्दरले आफ्नै वरिपरिको घटनाक्रम तथा पात्रहरू समेटेर कथा लेखेका कारण अत्यन्त मार्मिक र सटिक लागेको उहाँले बताउनुभयो ।
मानिसले जेजस्तो काम गरे पनि समाजसेवालाई पहिलो प्राथमिकतामा राख्नुपर्ने बताउँदै उहाँले यसतर्फ नयाँ पुस्तालाई अग्रसर हुन सुझाउनुभयो ।
जननिर्वाचित वडा सदस्य श्याम मातांले जीवनको भोगाइ, अनुभव र सङ्घर्षलाई साहित्यमार्फत व्यक्त हुनुले नयाँ पुस्तालाई विगत अध्ययन गर्न सहज हुने बताउनुभयो ।
लोकेश्वर साकोसका अध्यक्ष राजन जतिले असल साहित्यले मात्र असल समाज निर्माण गर्न सकिने बताउनुभयो ।
सांस्कृतिक उपसमितिका संयोजक कमलश्वरी खर्बुजाको सभापतित्वमा सम्पन्न कार्यक्रममा संस्थाका सचिव राजु छुकांले पनि बोल्नुभएको थियो ।
कार्यक्रममा साहित्यकार एल. के. सुन्दरले पुस्तक प्रकाशन गर्न सहयोग गर्नुहुने सम्पूर्णमा धन्यवाद ज्ञापन गर्दै सङ्ग्रहभित्रका दुईवटा सान्दर्भिक कथाहरू वाचन गर्नुभएको थियो । साहित्यकार एल. के. सुन्दरका ‘युग आह्वान’ (२०६८) र ‘पराकम्प’ (२०८०) दुईवटा कवितासङ्ग्रह प्रकाशित छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here