अरुण थापाको सम्झनामा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली कार्यक्रम हुँदै

0
119
अरुण थापाको सम्झनामा भक्तपुरमा सांगीतिक श्रद्धाञ्जली कार्यक्रम हुँदै


भक्तपुर, श्रावण २६। नेपाली सुगम संगीतका सदाबहार गायक अरुण थापाको सम्झनामा भक्तपुरमा विशेष सांगीतिक कार्यक्रम हुने भएको छ। थापाको २७औँ स्मृति वर्षको अवसर पारेर भक्तपुर सांगीतिक समाजले आगामी साउन ३० गते शनिबार श्रद्धाञ्जली कार्यक्रम आयोजना गर्न लागेको हो।
भक्तपुर–१ श्रीजनानगरस्थित मोडर्न स्कुल/कलेजमा दिउँसो १ बजेदेखि सुरु हुने कार्यक्रममा थापाले नेपाली संगीतलाई दिएका अमूल्य योगदानको स्मरण गर्दै उनका चर्चित तथा कालजयी गीतहरू प्रस्तुत गरिनेछन्।
समय बित्दै जाँदा पनि श्रोताको मनमा उत्तिकै बस्न सफल ‘जति माया लाए पनि’, ‘ऋतुहरूमा तिमी’, ‘आँखाको निन्द खोसिलाने’ र ‘चोट के हो, व्यथा के हो’ जस्ता गीतमार्फत अरुण थापालाई सम्झने तयारी गरिएको आयोजकले जनाएको छ।
थापाको गायनमा रहेको भाव, मिठास र संवेदनालाई नयाँ पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको हो। आयोजकका अनुसार यो केवल स्मृति कार्यक्रम मात्र नभई नेपाली सुगम संगीतको एउटा महत्वपूर्ण अध्यायलाई नयाँ पुस्तासँग जोड्ने प्रयाससमेत हो।
कार्यक्रममा संगीतकर्मी, कलाकार, संगीतप्रेमी तथा शुभेच्छुकहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। भक्तपुरमा यसअघि पनि थापाको स्मृतिमा सांगीतिक कार्यक्रम हुँदै आएका छन्।
कार्यक्रमका लागि मोडर्न स्कुल/कलेज र खुकुरी हाउस नेपालले सहयोग गरेका छन्। भिभिड कन्सल्टेन्ट्स, आर्गस एजुकेशन भक्तपुर–सूर्यविनायक र ग्रेट वाल टुर्स एन्ड ट्राभल सहयोगीका रूपमा रहेका छन्।
त्यस्तै, ट्रायङ्गल फोटो स्टुडियो फोटोग्राफी पार्टनर, ग्लोबल प्रोडक्सन भिडियो पार्टनर, भक्तपुर एफएम १०५.४ रेडियो पार्टनर तथा आइकन खबर डटकम अनलाइन मिडिया पार्टनर रहेका छन्। वयजु कार्यक्रमको डिजाइन पार्टनरका रूपमा रहेको छ।
भक्तपुर सांगीतिक समाजका अध्यक्ष अल्बर्ट बज्राचार्यका अनुसार थापाको सांगीतिक यात्रालाई सम्झिँदै उनको सिर्जना र गायनलाई भावी पुस्तासम्म पुर्‍याउने उद्देश्यले कार्यक्रमलाई विशेष बनाउने तयारी भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here