विद्यालयस्तरीय खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता भदौ ५ मा

0
70
विद्यालयस्तरीय खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता भदौ ५ मा
AI Image

भक्तपुर, साउन ३१। नेपाल क्रान्तिकारी युवा संघ, भक्तपुर नगर समितिको आयोजनामा गाईजात्रा (सापारु २०८३) को अवसरमा यही भदौ ५ गते भक्तपुर दरबार स्क्वायर क्षेत्रमा विद्यालयस्तरीय भक्तपुर जिल्लाव्यापी खुल्ला व्यंग्यात्मक कार्टुन प्रतियोगिता हुँदैछ ।

प्रतियोगितामा विद्यार्थीहरूले समसामयिक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक, शैक्षिक तथा सामाजिक विकृति विसंगतिप्रति व्यंग्य गर्न सकिने आयोजकले जनाएको छ ।  कक्षा १ देखि ८ सम्मको आधारभूत तह तथा कक्षा ९ देखि १२ सम्मको मावि तहका विद्यार्थीहरू बीच शुक्रबार बिहान १०:३० बजे देखि १२:३० बजेसम्म हुने कार्टुन प्रतियोगिताको दिन नै पुरस्कार वितरणसमेत हुनेछ ।  प्रतियोगितामा सहभागिताको लागि भक्तपुर जिल्लाभरका विभिन्न विद्यालयहरूले समयमै नाम दर्ता गर्न सकिने आयाेजक समितिले जनाएकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here