भक्तपुरमा “च्वाप्वगुँ थे तुयुगु योमारी…” बोलको गीत लोकार्पण

0
433


भक्तपुर । नगरपालिका वडा नं ७, वाचुत्व खँचा छोरी समूह २०७९ को आयोजनामा च्वाप्वगुँ थे तुयुगु योमारी…” बोलको सांस्कृतिक म्युजिक भिडियो गत आइतबार एक समारोहबीच भक्तपुर भक्तपुर नगरपालिकाका उप-प्रमुख रजनी जोशीले लोकार्पण गर्नुभयो ।


उक्त अवसरमा प्रमुख अतिथि रजनी जोशीले भक्तपुर महोत्सवको संघारमा आफ्नो मौलिक उत्पादनबाट तयार गरिएको योमरी पर्व सम्बन्धित भिडियो निर्माण गर्नु प्रशंसनीय रहेको बताउनुभयो ।
उहाँले एकअर्को प्रसङ्गमा साहित्यले कला र संस्कृतिलाई उजागर गर्नुका साथै समाजलाई परिवर्तन उन्मुख बनाउँदै लैजाने प्रयत्न गरेको हुनुपर्ने कुरा बताउनुभयो ।


तयार भएको भिडियोको बारेमा चर्चा गर्नुहुदै विशेष अतिथि वडा नं ७ वडा अध्यक्ष उकेश कवाँले गीतमा नयाँ पुस्ताले बिर्सदै गएको पोतासी ल्होमा,फोसी, दालुचा, हासा, जाहीचा जस्ता मौलिक सामानको प्रयोग हुनु सबल पक्ष रहेको बताउनुहुदै कलाकारहरुले पहिरणमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो । साथै उहाँले समग्रमा छोरी समूहले समय अनुसारको प्रविधिलाई उपयोग गर्दै अगाडी बढिरहेको सर्‍हानिय भएको समेत बताउनुभयो ।


नेपाल क्रान्तिकारी महिला संघ भक्तपुर नगर समितिका सचिव मन्जु लाखाजुले गीतको छायांकनले हाम्रो कला र संस्कृति जगेर्नामा महत्वपूर्ण योगदान रहने बताउनुहुदै मानिसले आफूलाई समय सापेक्ष बनाई राख्न प्रगतिशील प्रकाशनहरू पढ्ने बानी बसाल्नुपर्ने भन्नुभयो ।


गीतका लेखक कृष्ण प्रसाद दुमरुले गतसाल भक्तपुर नगरपालिकाले आयोजना गरेको योमरी उत्सव तथा सांस्कृतिक सम्पदा पदयात्रा कार्यक्रममा प्रस्तुतिको लागि रचिएको जानकारी दिनुहुदै गीतको सम्पादनसम्म तयार पार्न सहयोग गर्नुहुने आयोजक समितिलाई धन्यवाद व्यक्त गर्नुभयो ।
कार्यक्रममा समाजसेवी तथा समुहका सल्लाहकार बद्रीराम छुस्याबागले श्रव्यदृष्य सहितको योमरी पर्व सम्बन्धित बोलको गीतको सफलताको शुभकामना व्यक्त गर्नुभयो ।
वाचुत्व खँचा छोरी समूह २०७९ का अध्यक्ष विष्णु केशरी व्याँजूको सभापतित्वमा सम्पन्न लोकार्पण कार्यक्रममा छोरी समूहका सल्लाहकार एवं छायांकन समितिका संयोजक हेरा ख्याजु र सदस्य कृष्ण माया कुस्माले पनि बोल्नुभएको थियो
साथै कार्यक्रमका प्रमुख अतिथि र विशेष अतिथिवाट लेखक, कलाकार, बाद्यबादक, छा‌याँकार, सम्पादक, पत्रकार र सहयोगीहरुलाई प्रशंसा-पत्र समेत वितरण गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here