Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home कला र स‌स्कृति मंसिर २९ गते क्वाठण्डौंमा हुने खुल्ला बासुरी बाजा प्रतियोगिता हुने

मंसिर २९ गते क्वाठण्डौंमा हुने खुल्ला बासुरी बाजा प्रतियोगिता हुने

भक्तपुर, मंसिर २५ ।
भक्तपुरको सांस्कृतिक विधाहरुको संरक्षण सम्बद्र्धन गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा २०८१ मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवको अवसरमा भनपा वडा नं. १० क्वाठण्डौंमा हुने खुल्ला बाँसुरी बाजा प्रतियोगितामा सहभागी प्रतिनिधिहरुको भेला मंगलबार भक्तपुर नपाको सभाकक्षमा सम्पन्न भयो ।
बाँसुरी बाजा प्रतियोगिता व्यवस्थित रुपमा सम्पन्न गर्न आयोजित उक्त भेलामा सम्बोधन गर्दै नगर प्रमुख प्रजापतिले भक्तपुर नपाले प्रत्येक वर्ष सांस्कृतिक बाजाहरुको प्रतियोगिता आयोजना गर्दै आएको बताउनुभयो ।
उहाँले विभिन्न जिल्लाहरुबाट पनि सहभागिता रहने गरी खुल्ला प्रतियोगिताको आयोजना गरेको बताउँदै प्रतियोगितामा भक्तपुरको मौलिकता प्रदर्शन गर्ने विषयमा ध्यान दिनुपर्ने बताउनुभयो ।


कार्यक्रममा भक्तपुर नपाका उपप्रमुख रजनी जोशीले धन्यवादज्ञापन गर्नुभएको थियो भने भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले प्रतियोगिताको नियम, मूल्यांकनको अंकभार र पुरस्कार राशीबारे प्रष्ट पार्नुभएको थियो । कार्यक्रममा सांस्कृतिक समिति सदस्य देवचन्द्र बज्राचार्यले पनि बोल्नुभएको थियो ।
बाँसुरी प्रतियोगिताको क्रममा २०८१ मंसिर २९ गते बिहान १०ः३० बजे भनपा १ दुधपाटी इनागबाट बाँसुरी बाजा बजाएर भक्तपर नगर परिक्रमा गरी भनपा १० क्वाठण्डौंमा पुगी प्रतियोगिताको प्रारम्भ हुनेछ । बाँसुरी बाजा प्रतियोगितामा ४८ टोलीले सहभागिताको लागि नाम दर्ता गराएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments