भक्तपुर, मङ्सिर २५। आन्तरिक राजस्व कार्यालय भक्तपुर र भक्तपुर सिकर्मी सङ्घको सहकार्यमा करसम्बन्धी अन्तरक्रिया कार्यक्रम मङ्गलबार भयो ।
कार्यक्रममा प्रमुख कर अधिकृत दिलिपकुमार गौतमले आयकर र मूल्य अभिवृद्धि करसम्बन्धी प्रस्ट पार्दै व्यवसाय दर्ता गरी विवरण पेस नगरी बसेका करदाताहरूलाई २०८१ फागुन मसान्तसम्म राज्यले छुटको अवसर प्रदान गरेको बताउनुभयो ।
भक्तपुर सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछुले विगतमा सरकारको अनिवार्य भ्याटले सिकर्मी व्यवसायीलाई समस्या परेको, हाल प्यानमा दर्ता गरी व्यवसाय सञ्चालन गर्ने सुविधा पाए पनि प्यानको बिल बिजकलाई सरकारी कार्यालय र अन्य कार्यालयमा मान्यता नदिएकोले साना व्यवसायीहरूलाई समस्या भइरहेको बताउनुभयो । उहाँले नेपाल सरकारले प्रगतिशील कर लागु गर्नसके काम गरी खाने बहुमत जनताको हित हुने बताउनुभयो ।
सिकर्मी सङ्घका अध्यक्ष विक्रम ढुकुछुले प्रमुख कर अधिकृत दिलिपकुमार गौतमलाई मायाको चिनो प्रदान गरी कार्यक्रम समापन गरिएको थियो ।
भक्तपुरमा कर सम्बन्धी अन्तरक्रिया कार्यक्रम
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1
RELATED ARTICLES