कला, संस्कृति र सम्पदा मानव सभ्यताको सिलसिला हो । ऐतिहासिक र सा“स्कृतिक सम्पदाहरुको महत्व र यसको सदुपयोगबारे जनचेतना अभिवृद्धि गर्दै यसको संरक्षण र संवद्र्धन गरी भक्तपुरलाई पर्यटकीय गन्तव्य स्थल बनाउने हाम्रो प्रयास जारी छ । भक्तपुर नगरपालिकाले “पूर्खाले सिर्जेको सम्पत्ति हाम्रो कला र संस्कृति” नारालाई सार्थक पार्दै विगत ४ दशकदेखि यहा“का मूर्त र अमूर्त सम्पदाहरु संरक्षण गर्दै यसमा आधारित पर्यटन उद्योगको विकास गरी नगरको आर्थिक विकास गर्न विभिन्न गतिविधिका साथ अगाडि बढिरहेको यहाँहरु सबैमा विदितै छ ।

भक्तपुरको मौलिकता, यहाँका कला, संस्कृति, सम्पदा, हस्तकला र घरेलु उद्योगमा आधारित मौलिक उत्पादन र मौलिक जीवनशैलीको विकास र प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटनमा आधारित पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरुको आर्थिक गतिविधि बढाउ“दै आय आर्जनमा समेत टेवा पु¥याउने उद्देश्यका साथ भक्तपुर महोत्सव २०८१ आयोजना गरेको यहँँहरुमा विदितै छ । भक्तपुर महोत्सव २०८१ सम्बन्धि पहिलो पत्रकार सम्मेलन मिति २०८१ कार्तिक २८ गते गरी यहाँहरुलाई भक्तपुर महोत्सवको उद्देश्य र प्रारम्भिक तयारीबारे जानकारी गराई सकेको थियौं । यसै सन्दर्भमा आज हामी पुनः भक्तपुर महोत्सवकै सम्बन्धमा भेटघाट गर्दैछौं । आज हामी भक्तपुर महोत्सवको हालसम्म भएका तयारीबारे जानकारी दि“दैछांै ।
यहि मंसिर २८ गतेदेखि पुस २ गतेसम्म हुने भक्तपुर महोत्सवसम्बन्धी सम्पुर्ण गतिविधिहरु लगभग तयार भइसकेको छ । जसअनुसार साँस्कृतिक कार्यक्रम अन्तर्गत २३ विभिन्न विधाका नाचहरुमा ६३ समूहले भाग लिनेछन् । त्यसका लागि भक्तपुर दरबार क्षेत्र, टौमढी क्षेत्र, दत्तात्रय क्षेत्र र क्वाठण्डौमा प्रस्तुतिको विशेष व्यवस्था मिलाएका छौं । ६ वटा बाजा विधाका १०१ वटा सांस्कृतिक समूहले नगरको प्रदक्षिणा मार्ग परिक्रमा गरी प्रस्तुत गर्नेछन् । त्यस्तै भक्तपुर नगरक्षेत्रका ३४ समूह, भक्तपुर जिल्लाका अन्य नगरपालिकाबाट ५ समूह र भक्तपुर जिल्ला बाहिरका अन्य जिल्लाबाट ८ समूह गरी जम्मा ४७ वटा बा“सुरी बाजा समूहबीच प्रतियोगिता हुनेछ । ती बाजा टोलीहरूमध्ये मिति २०८१ मंसिर २९ गते ३३ वटा समूहको प्रस्तुति र मंसिर ३० गते बाँकी १३ वटा समूहको प्रस्तुतिको व्यवस्था मिलाएका छौं । प्रतियोगिताको पुरस्कार वितरण मंसिर ३० गते क्वाठण्डौंमा गरिनेछ । भक्तपुरको मुलाछे“ र वाकुपति नारायण परिसरमा परम्परागत बाजाहरुको (विभिन्न किसिमका खिंहरु, लाला खिं, धा“, नाय खिं, को खिं, ढोलक, तबला, धिमाय, पछिमा, मादल आदि) प्रदर्शनी हुनेछ । त्यस्तै नगरका ५ स्थानमा नौबाजा प्रस्तुतिको व्यवस्था गरेका छौं भने भक्तपुर दरबार क्षेत्रमा परम्परागत नगरावादन प्रस्तुति हुने र नगरका टोल टोलमा ४६ वटा भन्दा बढी भजन समूहहरुले भजन प्रस्तुति गर्ने व्यवस्था भएको पनि यहा“हरु सबैमा जानकारी गराउन चाहन्छौं । त्यस्तै नगरका ६ स्थानहरुमा भुटेको अन्न र गेडागुडिबाट बनाइने हलिमलि प्रदर्शनी हुनेछ । भक्तपुरमा मनाइने विभिन्न किसिमका जात्रा पर्वहरुको नमूना प्रदर्शनीको व्यवस्था गःहितिमा मिलाएका छौं । जसमा पुलुकिसी, सुयाम्हा (परालको) भैलद्यो, ताहामचा, भैल खः, गाठामग र योसिंद्योको नमूना प्रदर्शनी हुनेछन् ।
प्रशन्नशील महाविहारमा कुमारी दर्शनको व्यवस्था मिलाइएको छ । प्रशन्नशील महाबिहारका साथै भक्तपुरका ५ वटा महाविहारहरुमा दिपंकर बुद्धको प्रदर्शनी हुनेछ । भक्तपुर इनाचो स्थित मुनिबिहारमा बुद्ध अस्तु र बौद्ध दर्शनको प्रदर्शनीको व्यवस्था मिलाएका छौं । त्यस्तै भक्तपुरको प्रसिद्ध नवदुर्गाको द्यो ब्वेकेगु र दर्शनको व्यवस्था नवदुर्गा द्योछे“ अगाडि गःछे“मा हुनेछ ।
प्रसिद्ध ५५ झ्याले दरबारमा नेवार समुदायको परम्परागत पौभा चित्र प्रदर्शनी हुनेछ भने नगरका ७ स्थानमा तस्वीर (फोटो) प्रदर्शनी, २ स्थानमा चित्रकला प्रदर्शनी र लायकुमा छ्वालीकला प्रदर्शनी हुनेछ । नगरका ७ स्थानमा नेवार समुदायको परम्परागत पोशाक प्रदर्शनी र बिक्रि वितरण तथा दत्तात्रय, लायकु र टौमढीमा नेवारी पोशाक बहालमा लिई फोटो खिच्ने व्यवस्था मिलाएका छौं ।
नगरका ४ स्थान व्यासी, भोलाछे“, वातिकुथि र लाकोलाछे“मा नेवार समुदायका परम्परागत खेलहरुको (कसिमला पाय्, घचा, अमुकासा, हेकंडला, धु“ चोलेचा, काना काना पिचा, घ्वाईं कासा, खिप कासा, लोह“ दायां खौदायां, वंवा थ्वों वा, कैंची, चि मुसि चि, ह्वांग्रा (खोपि), छु“ भौ कासा, हपालु, ताता मगचा, चिकासा, मण्डली क्येंकेगु, पाय“ म्हेतेगु, रुमाल कासा, च्याम्पति चाहिकेगु, बा“सको खोस्ताको फिरफिरे (कागजको), भुतिमा ब्वेकेगु लगायतको जीवन्त प्रदर्शनी हुनेछ । साथै आधुनिक खेलतर्फ खो – खो, कबड्डी, किक बक्सिड्ड, तेक्वाण्डो, करा“ते, उसु, भलिबल, जिम्नास्टिक लगायतका खेलहरुको प्रदर्शनी शहिद स्मृति खेल मैदानमा हुने जानकारी गराउन चाहन्छौं ।
भक्तपुरको मौलिक उत्पादन जुजु धौको महोत्सव लालाछे“,स्वंग लोह“ (इनाचो) र जेला“मा व्यवस्था मिलाएका छौं । उक्त स्थानमा विभिन्न किसिमका दहीहरुको प्रदर्शनी र बिक्री वितरण समेत हुनेछ ।
भक्तपुरको प्रसिद्ध भाज्या पुखु र कमल विनायक पोखरीमा खाना महोत्सव हुनेछ । उक्त स्थानहरुमा ४३ वटा स्टलहरुमा विभिन्न परम्परागत नेवारी तथा आधुनिक खाद्य परिकारहरुको बिक्री वितरण व्यवस्था मिलाएका छौं । नगरभरि टोल—टोलमा स्थानीय समुदाय, महिला समूह, टिम क्लब, विद्यालय र सहकारी संघ संस्थाहरुबाट २९ वटा खाद्य स्टलहरुको व्यवस्था गरी भक्तपुर महोत्सवको अवलोकनको लागि आउनु हुने आन्तरिक र बाह्य पाहुनाहरुलाई विभिन्न खाद्य सामग्रीबाट सत्कार गर्ने पनि व्यवस्था मिलाएका छौं ।
मानव समाजकै प्राचीन पेशामध्ये एक मृत्तिका कला भक्तपुरको तालाक्व र सूर्यमढीमा जीवन्त प्रदर्शनीको व्यवस्था मिलाएका छौं । तालाक्व क्षेत्रमा नेवार समुदायमा जन्मदेखि मृत्यु संस्कारसम्म प्रयोग हुने माटाका भा“डाकु“डाको प्रदर्शनी हुने जानकारी गराउन चाहन्छौं ।
नगरका विभिन्न ११ स्थानमा स्थानीय नेवारहरुको जन्मदेखि मृत्युसम्म गरिने विभिन्न संस्कारहरु मध्ये मचाबु ब्यंकेगु, मचा चिपं थिकेगु, न्यदा बुदी“, प्यदा बुदी“, ईहि, कयता पुजा, बाह«ा, बिहा, जंको, लगायतका संस्कारको नमूना प्रदर्शनीको व्यवस्था मिलाएका छौं । साथै नगरका विभिन्न स्थानमा परम्परागत सीप र कलासंग सम्बन्धित चिउरा कुट्ने, जा“ड बनाउने, रक्सी बनाउने, धान कुट्ने, कपडा बुन्ने, थाज्या यनेगुलगायतका परम्परागत विधिहरुको जीवन्त प्रदर्शनीको व्यवस्था मिलाएका छौं । भक्तपुरको साकोलान र इचाडोल दुई स्थानमा परम्परागत तरिकाबाट तोरीको तेल उत्पादन गर्ने चिकं सः प्रयोगको जीवन्त प्रदर्शनीको व्यवस्था मिलाएका छौं ।
भक्तपुरको लामु गः मा विभिन्न १८ वटा प्रकाशन गृहहरुबाट २५ वटा स्टलहरुमा विभिन्न किसिमका पुस्तकहरुको प्रदर्शनी हुने भएको छ । साथै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप कलेज देकोचा तथा ख्वप इन्जिनियरिड्ड कलेज र ख्वप कलेज अफ इन्जिनियरिङ लिवालीमा शैक्षिक प्रदर्शनीको व्यवस्था मिलाइएका छौं । ख्वप कलेज देकोचामा २६ वटा विद्यालयहरुबाट र ख्वप इन्जिनियरिड्ड कलेजमा वास्तु सम्बन्धि ९ वटा, सिभिल इन्जिनियरिङसम्बन्धी १० वटा प्रदर्शनी गर्नेछन् । ख्वप कलेजमा साहित्यकार हृदयचन्द्र सिंह प्रधानका उत्कृष्ट नाटकहरु प्रत्येक दिन प्रस्तुत गरिनेछ ।
भक्तपुर नगरपालिका वडा नं. ५ पसिखेल तरकारी बजारमा हुने कृषि उत्पादनको व्यवसायिक प्रदर्शनी हुनेछ । तरकारी बजारमा स्थानीय व्यापारीहरुबाट तरकारी पसल सञ्चालन गर्न आवश्यक तयारी भइरहेको छ ।
भक्तपुर नगरपालिका वडा नं ५ भेलुखेलस्थित योसिंखेलमा १२ वटा विद्यालयहरुबाट बालमैत्री प्रदर्शनी हुनेछ । उक्त स्थानमा बालबालिकाको मनोरञ्जनको लागि फेस् पेन्टिड्ड, किड्स प्ले स्टेशन, सा“स्कृतिक कार्यक्रम, बाल खेल प्रतियोगिता, फ्री आटर््स कर्नर, बाल स्काउट्स गतिविधि, शैक्षिक सामग्री पै्रदर्शनी, फोटो कर्नर, स्थानीय पिङ आदिको व्यवस्था मिलाएका छौं ।
नगरका ३ स्थानहरु नः पुखु परिसर, नासमना र तेखापुखुमा घरेलु तथा साना उद्योगसंग सम्बन्धित परम्परागत सीप र कलाको जीवन्त प्रदर्शनी र सोसंग सम्बन्धित उत्पादनहरुको प्रदर्शनी एवम बिक्री वितरणको व्यवस्था मिलाएका छौं । भक्तपुरको थालाछे“ र गोल्मढीमा परम्परागत रुपमा धागो रंग्याउने प्रदर्शनी हुनेछ ।
भक्तपुर नगरपालिका वडा नं ७ स्थित यातामा ९ वटा सहकारी संस्थाहरुबाट १४ वटा स्टलहरुमा सहकारीहरु गतिविधि प्रदर्शनी गरिनेछ । साथै उक्त स्थानमा दैनिक सा“स्कृतिक कार्यक्रम हुने र अवलोकनकर्ताहरुको लागि खाद्य स्टलको समेत व्यवस्था रहेको जानकारी गराउन चाहन्छौं ।
भक्तपुरको ४ वटा पोखरीहरुमा पाहुनाहरुको मनोरञ्जनको लागि नौका बिहारको लागि २३ वटा डुड्डा व्यवस्था छ भने नः पुखुमा वाटर साइक्लिड्डको व्यवस्था गरेका छौं ।
नगरका दुई स्थानहरु सानो व्यासी र महेश्वरी खेल मैदानमा व्यापार मेलाको व्यवस्था मिलाएका छौं । सानो ब्यासीमा आधुनिक डोम स्टलको व्यवस्था मिलाइएकोमा ४० भन्दा बढी स्टलहरुको बुकिड्ड भइसकेको छ भने महेश्वरी खेल मैदानको व्यापार मेला ९० भन्दा स्टल बुकिड्ड भइसकेको पनि जानकारी गराउन चाहन्छौं ।
त पुखु र यातु बा¥हे पुखुमा दिपावलीको व्यवस्था मिलाएका छौं भने भाज्या पुखुको जलेश्वर मन्दिरमा दिपावली हुने जानकारी गराउन चाहन्छौं । यसका साथै भक्तपुर दरबार क्षेत्रमा मूर्तिकलाका कलाकारहरुबाट विभिन्न मूर्तिहरुको प्रदर्शनीको व्यवस्था मिलाएका छौं । भक्तपुर महोत्सव अवलोकनको लागि आउने सम्पूर्ण पाहुनाहरुको लागि नगरका विभिन्न ७ स्थानहरुमा (क्वाठण्डौ, दत्तात्रय, टौमढी, तालाक्व, खला“, रानी पोखरी, कमलपोखरी) महोत्सवलाई लक्षित गरी इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकस“ग सम्झौता गरी निःशुल्क वाईफाईको व्यवस्था मिलाएका छौं ।
महोत्सवमा आउनुहुने सम्पूर्ण पाहुनाहरुलाई आवश्यक सेवा सुविधा प्रदान गर्न नगरका विभिन्न १८ स्थानमा सूचना केन्द्र, १४ स्थानमा प्राथमिक उपचार केन्द्र, ३० भन्दा बढी स्थानमा खानेपानी , ३० भन्दा बढी स्थानमा शौचालय सुविधा, २२ वटा पार्किड्ड स्थलको व्यवस्था मिलाएका छौं । साथै महोत्सवलाई मध्यनजर गरी महोत्सव सञ्चालन हुने नगरको पुरानो क्षेत्रमा विहान ९ बजेदेखि सा“झ ६ बजेसम्म आकस्मिक सेवा बाहेकका सवारी साधन प्रवेश निषेध गर्न नगरका विभिन्न १९ स्थानमा प्रवेश निषेधको व्यवस्था मिलाएका छौं ।
महोत्सव अवधिभर शान्ति सुरक्षा र ट्राफिक व्यवस्थापनको लागि जिल्ला प्रशासन कार्यालय भक्तपुर, जिल्ला प्रहरी परिसर भक्तपुर, जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुृर, शसस्त्र प्रहरी बल भक्तपुरलगायतका सुरक्षा निकायहरुसंग समन्वय र सहकार्य भइरहेको जानकारी गराउन चाहन्छौं । महोत्सवलाई भव्य र सभ्य रुपमा सञ्चालन गर्न स्थानीय स्काउटका ५०० र स्काउट मास्टर ७५ गरी कूल ५७५ जना स्काउटरहरु परिचालन हुने छ । प्रति दिन २५० जनाका दरले मुख्य गतिविधिहरु हुने स्थानमा स्वयम्सेवा गर्नेछन् । साथै विद्यालय र कलेजका विद्यार्थीहरु र आवश्यकताअनुसार स्वयम्सेवकहरु परिचालनको तयारी भईरहेको जानकारी गराउन चाहन्छौं ।
विगतमा जस्तै उपस्थित सम्पूर्ण पत्रकार साथीहरुले महोत्सवको तयारीको विषयमा र महोत्सवको अवधिमा सम्बन्धित सञ्चार माध्यमहरुबाट पर्याप्त प्रचारप्रसार हुने आशासहित सम्पूर्णमा धन्यबाद ज्ञापन गर्न चाहन्छौं । धन्यबाद !
सुनिल प्रजापति
नगर प्रमुख एवम् संयोजक
भक्तपुर महोत्सव मूल समारोह समिति
मिति ः २०८१ मंसिर २६ गते बुधबार