भक्तपुर, मंसिर २८ । ऎतिहासिक नगरी भक्तपुरमा आज मंसिर २८ गतेदेखि भक्तपुर महोत्सव सुरु हुने भएको छ ।
भक्तपुर नगरपालिकाको आयोजनामा मिति २०८१ मंसिर २८ देखि पुष २ गतेसम्म हुने भक्तपुर महोत्सव, २०८१ को उद्घाटन नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेले गर्ने कार्यक्रम रहेको नगरपालिका स्रोतले जनाएको छ ।
भनपा ५ स्थित टौमढी परिसरमा बिहान १० बजे र्याली सुरु भई लायकु दरवार क्षेत्र, भ.न.पा ३ मा ११ बजे प्रमुख अतिथिबाट उद्घाटन हुने कार्यक्रम रहेको छ ।
भक्तपुरको मौलिकता, कला, संस्कृति, सम्पदा, हस्तकला र घरेलु उद्योगमा आधारित मौलिक उत्पादन र मौलिक जीवनशैलीको विकास र प्रवद्र्धन गरी आन्तरिक र बाह्य पर्यटनमा आधारित पर्यटन उद्योगमार्फत नगर र नगरवासीहरुको आर्थिक गतिविधि बढाउदै आय आर्जनमा समेत टेवा पुर्याउने उद्देश्यका गर्न लागेको महोत्सवमा नगरको ३२ विभिन्न ठाउँमा प्रमुख स्टलहरु राखिएको र महोत्सवको अवलोकन विहान १० बजे देखि ५ बजेसम्म गर्न सकिने बताइएको छ ।
भक्तपुरमा आजदेखि ५ दिने महोत्सव सुरु, नेमकिपाका अध्यक्ष नारायणमान विजुक्छेबाट उद्घाटन हुने
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
1
+1
+1
+1
+1


















