Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home साहित्य एक बाच्छोको माँ माँ

एक बाच्छोको माँ माँ

हुस्सु र कुहिरोले हो कि नजिकको मान्छे पनि चिन्न मुश्किल थियो । अनि चौरको घाँसे मेैदान पनि शीतले सेताम्य थियो । चिसो अलि बढ्न थालेकोले हो कि बिहान कमल पोखरीको डिलमा शारिरीक व्यायाम तथा दौडमा आउनेहरुको पनि दुई आँखाहरु मात्र देखिन्थे । अनि हातमा पुजाको थाली बोक्नेहरुको गनगनले मन्दिर गुन्जायमान भइरहँदा सेतो चैत्य नजिकै एउटा बाच्छो थचक्क बसेर मानिसहरुलाई पुलुपुलु हेर्दैथ्यो । त्यो बाच्छो मानिसहरुको भीडमा कहिले यता हेथ्र्यो त कहिले उता हेथ्र्यो । सायद कसैलाई खोजिरहेको हनुपर्छ । तर बाच्छोलाई लिन कोही आउँदै आएन ।
मन्दिरको छेउमा योग गर्नेहरु गीतको धूनमा हात गोडा चलाउँदै थिए । मन्दिरको ढोकानेर पूजा सामग्री बेच्न एउटा सानो टेबल राखिएको थियो । छेउमा थिए ग्राहक भक्तजनको प्रतीक्षा गर्दै गरेका एकजना अधर्बैसे पुरुष । अर्को पाटीमा एक जना लामा आसन जमाउँदै बुद्ध धर्मका ऋचाहरु पाठ गर्दै थियो । अनि बीच बीचमा जल छर्केर आर्शीवाद दिदै श्रद्धालु भक्तजनलाई खुशी पाथ्र्यो । अनि भक्तजनहरु दक्षिणा चढाउँदै त्यो लामालाई खुशी पार्थे ।
कहिलेकाँही मन्दिरमा घण्टी बज्थ्यो । यता भोकले हो कि आमासँगको विछोडको शोकले हो त्यो बाच्छोले माँ माँ आवाज निकाल्थ्यो । त्यो आवाज सानो बच्चाको रोदनजस्तै थियो ।मानौँ, सानो बच्चाले भोक र कठ्याङ्ग्दिो जाडो सहन नसकेर आफ्नो आमाको लागि गरेको चित्कार थियो त्यो आवाज । त्यो आवाज त्यस्तो थियो, मार्नौ मुटु नै रेटिएर बजेको सारङ्गीको धूनजस्तो । त्यो आवाजमा रोग,भोक र शोक मात्र थिएन, एउटा नवजात शिशुले आमाको न्यानो कोख विछोडिदा शिशुले गरेको आमाको खोज थियो । त्यो पिडादायी आवाज एकक्षणमा हराउँथ्यो र फेरि बारम्बार दोहोरिरहन्थ्यो ।
त्यो बाच्छोेको मुखभित्र के थियो कुन्नि, के के चपाइरहन्थ्यो बीच बीचमा । अनि फेरि उही आवाज दोहोर्‍याई रहन्थ्यो । मान्छेको जातै तमासे भएर हो कि उसको त्यो कृयाकलाप सबैले देखिरहे, तर कसैले वास्ता भने गरेनन् । आँखा मात्र देखिने गरी आएका भक्तजनहरुको आँखामा त्यो पिडा स्पष्ट झल्कन्थ्यो । तर झल्केर पनि कसैले के गर्न सक्थे र ? वा सके पनि गरेनन्।
रातभरि चिच्याउँदा पनि त्यो बाच्छोको आवाज सुनेर उसलाई हेर्न आउने कोही भएन । बरु नजिकका कुकुरहरु बाच्छोको आवाज आउञ्जेल भएपनि केहिबेर मौन हुन्थे । यस्तो लाग्थ्यो कि, बरु ती कुकुरहरुमा पशु चेतना जागृत थियो । त्यसैले कुकुरहरु पनि टाउको उठाएर बाच्छोलाई हेर्थे ।
बिस्तारै सुर्यको किरणले हुस्सुलाई चिर्दै गयो । पुर्वतिर सुनौला बादलको घेराबाट रातो पहेँलो सुर्य उदाउँदै गर्दा दुध बेचिसकेर एक जना भर्खरका युवा दुधको क्यान भुइमा राख्दै नजिकको चिया पसलमा छिरे ।
हर्क सर, नमस्ते , पसलेले भने ।
नमस्कार, हर्क सरले जवाफ फर्काए । एउटा मेचमा बस्दै पसलेलाई दुध चिया बनाउन अर्‍हाए । चिया पाक्दै थियो । हर्क सरले पसल बाहिर हेरे । अघिको बाच्छोले आफूतिर हेरिरहेको देखे । हर्क सर हतासमा पसलभित्र छिरे । पसलेले सोधे, के भो हर्क सर?
हर्क सरले अनुहार मलिन बनाउँदै भन्न थाले, के हुनु नि? हिजो मात्र त्यस बाच्छोलाई तर्साइ तर्साइ गाउँबाट यहाँसम्म पुर्‍याइयो । आज मलाई हेरेर बसिरहेको छ । सायद मसँगै फर्किन बेर लगाउने छैन ।
पसलेले भने, तपाईले ल्याउनुभएको रहेछ, अनि त तपाईलाई हेरेर बाँ बाँ गरिरहेछ ।
अस्ति दुई पटक त मसँगै फर्कन खोजे नि । धन्न, बाटो छलेर उम्किएँ, हर्क सरले भने ।
अनि तपाईजस्तो धर्मको महिमा गाउने र पुराण वाचन गर्नेले महादेवको वाहनलाई पूजा गरेर राख्नु पर्दैन त? पसलेले जिस्काईहाले ।
आफूुले जोत्नु भएन, दुध दिदैन । मार्नु भएन, काट्नु भएन । अनि त के गर्ने? हर्क सरको यथार्थवादी जवाफ सुनेर पसलमा चिया खान आएका मानिसहरु गललल हाँस्न थाले । अनि पूजा गरेर राख्नु पथ्र्यो नि? अस्ति डोलेश्वरमा त खुव ढोग्थ्यौ त? चिया खाँदै गरेका अर्को युवाले भने ।
हर्क सरले जवाफ नै दिन सकेनन् । मुसुमुसु हाँसिरहे ।
पसलेले चिया हातमा ठम्याउँदै फेरि हर्क सरको बिहेको कुरा झिकीहाले, यस पाली मंसिर पनि सकिन लागिसक्यो, बिहेको भोज खुवाउने होइन?
फेरि पसल बाहिर आएर त्यस बाच्छोले माँ माँ गर्‍यो । पसलेले बाच्छोलाई ढपाउन खोजे । तर बाच्छो कतै जाँदै गएन । पसल नजिकै थचक्क बसे ।
केको भोज खुवाउनु ? अमेरिकाको भिसा नलागेपछि हुन नसकेको ससुरोले छोरी अन्तै दिए नि, हर्क सरले भने पसलमा फेरि हाँसोको फोहोरा छुट्यो ।
नमानेपछि भगाउनु पथ्र्यो नि, एकजनाले जिस्काइहाले ।
भगाउन त हुन्थ्यो नि । आठ वर्ष प्रेम गरेको रामरी विवाह गरोैँ जस्तो लाग्यो । हात लाग्यो शुन्य ।
हर्क सरको कुरामा रमाइला मान्नेहरु बढ्न थाले ।
यतिका वर्षसम्म के हेरी बस्नुभएको नि? पसलेले सोधे ।
सहमति नै अमेरिकाको भिसा थियो । आफूले भिसा नपाएपछि भिसा हुनेलाई छोरी दिए नि, हर्क सरले अप्थेरो मान्दै भने ।
खोजि आऊ पहिले सरकारी जागिर भनेको फेल खाएछ । अब त खोजी आऊ पहिले अमेरिकी भिसा पो भन्नुपर्ने भएछ । अर्कोले जिस्काइहाले ।
हो नि, पसलेले भने ।
बाहिर अघिको बाच्छोले पनि पसलतिर हेरेर गफ सुनिरहेको थियो । उसले बुझ्यो या बुझेन, बाँ बाँ माँ माँ गर्न थाल्यो । पसलेले फेरि जिस्काइहाले, बा बा भन्ने बाहिर हुँदा हुँदै विहे गर्न खोज्ने हो त?
पसलमा रमाइलो गन्थन चल्दैथ्यो । विचरा हर्क सर सबैको व्यङ्ग्यको सिकार बने । पसलमा कहिलेकाँही राजनीतिको कुरा चल्थ्यो । कोहि पैसा कमाउन किर्तिपुरमा ल्यापटप लिएर जानुपर्ने भन्दै हाँसी मजाक गर्दै थिए । कोही भने सहकारी ठगी प्रकरणबारे गनगन गर्दै थिए । नेपाल र चीनबीच कार्यान्वयन पर्खिरहेको विआरआइ सम्झौताबारे प्रधानमन्त्रीको आलोचना गर्ने पनि पसलमा कम थिएन । कोही भने आना आना र करोड करोडको गफ गर्दै थिए । तर चियाको पैसा तिर्न एक अर्कालाई भनिरहेका थिए । अनि टि.भी.मा भक्तपुर महोत्सवको चर्चा भइरहेको थियो ।
फेरि चिया पसलकोे गफले अर्को मोड लियो । पसलमा कोट पाइन्ट लगाएका एक जना मान्छे लुसुक्क पसे । उनको नाम विनोद रहेछ । उनले बाहिरबाटै हर्क सरलाई नमस्कार गयो ।हर्क सरले भने, विनोद सर नमस्कार । साहूजीलाई अर्को चिया बनाउन भन्दै हर्क सरले विनोद सरलाई सोधे, यसपालि कुन चुनाव चिन्हबाट लड्ने भइयो त? कि उही गाई नै हो ?
विनोद सरले केहि भन्नु भएन । पसलमा आएका अरुले भने गाइ होइन, अब गोरु चिन्हमा लड्ने होला । विनोद सरले चारैतिर रिसाउँदै हेरे । देश खानेलाई केहि भन्नु छैन, के मलाई मात्र भन्नुभएको?
सबैजना चुप लागे । एकजना बूढोले सानो स्वरमा भने, यसपालिको चुनाबमा बियर खान बोलाउनुस् नि फेरि । पेट्रोल खर्च नभएनि हुन्छ । पेट्रोल एउटाले दिन्छ, मासुभात अर्कोले दिन्छ, हजुरले चैँ वियर दिनुपर्छ है ।
रातोपिरो मुख लगाउँदै हर्क सर र विनोद सर पसलबाट निस्के । बाच्छोले फेरि बाँ बाँ गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments