युवाहरू विहीन बन्दैछ मेरो देश

0
246

सर्वसाधारणले सोच्दै नसोचेको त्यो गणतन्त्र
व्यवस्था परिवर्तनसँगै अवस्था परिवर्तनको
आश गरेका युवाहरू विहीन बन्दैछ मेरो देश

एउटा राजा फालेर सयौं हजारौं राजा
स्वीकार गर्नुपर्ने त्यो संघीयता
आज देश चलाउन विदेशी ऋण किन?

संविधानसभाले निर्देश गरेको संविधान
विश्वकै उत्कृष्ट माने तापनि यहाँ
पञ्चायती अवशेष अझै बाँकी किन?

बहुसंख्यक मजदुर किसानले चाहेको व्यवस्था
विदेशीको प्रयोगशाला बनाउन हात पसार्दा
आफ्नै पाैरखमा रम्ने देशभक्त नागरिकले सहँदैन

एकपटकको नियुक्तिमा आजीवन सेवा सुविधा
के संघीयता सहितको गणतन्त्रमा नि हुन्छ ?
समयानुकूल नहुँदा युवाहरू विहीन बन्दैछ मेरो देश

सत्यराम कासिछ्व

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here