श्री गुरु गणेश सहकारीद्वारा ‘सहकारी व्यवस्थापन तालिम’ सम्पन्न

0
7

भक्तपुर, १६ जेठ । श्री गुरु गणेश बचत तथा ऋण सहकारी संस्था लिमिटेडको आयोजनामा ‘सहकारी व्यवस्थापन तालिम’ क्लब बागमती सिपाडोलमा सम्पन्न  भयो।

संस्थाका सभापति एवं अध्यक्ष कृष्ण राम कासिछ्वाज्यूको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको उद्घाटन अध्यक्ष कासिछ्वाज्यूबाटै पानसमा दीप प्रज्वलन गरी गरिएको थियो । उद्घाटन पश्चात उहाँले उपस्थित सहभागीहरूलाई सहकारीको समग्र अवस्था र कार्यदिशाबारे जानकारी सहित  धन्यवाद   दिनुभयो । 

कार्यक्रममा संस्थाका सल्लाहकार राम कृष्ण प्रजापतिले वर्तमान समयमा सहकारी व्यवस्थापन तालिमको महत्त्व र यसको आवश्यकतामाथि विशेष जोड दिँदै आफ्नो भनाइ राख्नुभएको थियो । उहाँले सहकारी अध्यादेश २०८३ले संचालक, लेखा समिति र ऋण उपसमितिलाई जिम्मेवारी बनाउने गरि निक्षेप फिर्ता गर्न नसके र ऋण दुरुपयोग गरे सम्पत्ति रोका र विभिन्न सिफारिसहरु समेत रोक्का समेत गर्ने भएकोले सचेत हुनुपर्ने बताउनुभयो । उहाँले कृतिम बाैध्दिकताले धेरै कुरा जानकारी दिएपनि दुरुपयोगले कानुनी फन्दामा पर्न सक्ने बारे पनि ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले तालिममा सिकेका कुरा व्यबहारमा उतार्न साथै देश र जनताको हितमा सहकारी सदस्यको उन्नति र प्रगतिमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

कानुनी र प्राविधिक पक्षमा केन्द्रित प्रशिक्षण दिदैं तालिमको मुख्य सत्रमा प्रशिक्षक राधे श्याम दुवालले ‘सहकारी अध्यादेश २०८३’ तथा कानुन परिपालनामा सञ्चालक र कर्मचारीहरूको भूमिकाबारे प्रकाश पार्नुभएको थियो । साथै, उहाँले सहकारीभित्र आन्तरिक व्यवस्थापन प्रणालीलाई कसरी सुदृढ बनाउने भन्ने विषयमा विस्तृत प्रशिक्षण दिनुभयो ।

यसैगरी, आधुनिक प्रविधिको सन्दर्भ जोड्दै प्रशिक्षक बाल कृष्ण ध्वजूले सहकारी क्षेत्रमा आर्टिफिसियल इन्टेलिजेन्स (AI) को प्रयोग, यसको उपादेयता र डिजिटल रुपान्तरणका उपयोगी तरिकाहरूबारे तालिम सञ्चालन गर्नुभएको थियो ।

आर्थिक प्रतिवेदन र सहजीकरण गर्दै कार्यक्रमको सुरुमा संस्थाकी कोषाध्यक्ष तुल्सी केशरी छुजुले स्वागत मन्तव्य राख्नुभएको थियो । स्वागत मन्तव्यका क्रममा उहाँले संस्थाको हालको आर्थिक कारोबार र वित्तीय स्थितिका बारेमा स्पष्ट पार्दै नाफा २४ लाख, वासलात १२ करोड र १२६७ जना सदस्य भएको बताउनु भयो ।

  तालिम कार्यक्रमको सञ्चालन संस्थाका प्रबन्धक गौतम कुटुवाजूले गर्नुभएको थियो । तालिममा संस्थाका सञ्चालक समिति, उपसमिति र कर्मचारीहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here