मध्यपुर थिमी, जेठ २९ — मध्यपुर थिमी नगरपालिका वडा नं. ८ को आयोजनामा सञ्चालन गरिएको आत्मरक्षा तालिम शुक्रबार सम्पन्न भएको छ।
समापन कार्यक्रममा वडा नं. ८ का वडा अध्यक्ष रमेश थापा श्रेष्ठ ले सहभागीहरूलाई अरूको मिठो बोलीमा नफस्न, सामाजिक सञ्जालको सही सदुपयोग गर्न तथा आत्मरक्षा तालिमको दुरुपयोग नगर्न आग्रह गर्नुभयो। उहाँले तालिमबाट सिकेका ज्ञान र सीपलाई व्यवहारिक जीवनमा प्रयोग गर्न सुझाव दिनुभयो।
कार्यक्रममा वडा सदस्य तथा आत्मरक्षा तालिमका संयोजक सुरेन्द्र था श्रेष्ठ ले सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गर्दै आफूले सिकेको कुरा अरूलाई पनि सिकाउनु ज्ञानको विस्तार भएको बताउनुभयो। उहाँका अनुसार महिला समूह, निमावि शिक्षक–शिक्षिका, गृहिणी तथा सात वटा विद्यालयका विद्यार्थी गरी करिब १५० जना सहभागीहरूले तालिम प्राप्त गरेका छन्।
आत्मरक्षा तालिमका प्रशिक्षक पदम खरयगोली ले समाजमा भइरहेका विभिन्न सामाजिक घटना तथा हिंसाको सामना गर्न आवश्यक सीप र प्रविधिबारे प्रशिक्षण दिइएको जानकारी दिनुभयो। उहाँले पूर्ण रूपमा सेल्फ डिफेन्स तालिम हासिल गर्न कम्तीमा सात दिनको प्रशिक्षण आवश्यक पर्ने बताउनुभयो।
कार्यक्रममा सहभागी विद्यार्थी तथा शिक्षकहरूले समाजमा हुने अपराधका घटनामा अपराधीलाई कानुन बमोजिम कारबाही गराउन सबैले पहल गर्नुपर्ने धारणा व्यक्त गरेका थिए।
उक्त तालिमले सहभागीहरूमा आत्मविश्वास वृद्धि गर्नुका साथै आत्मसुरक्षा सम्बन्धी ज्ञान र सीप विकास गर्न महत्वपूर्ण योगदान पुगेको आयोजकले जनाएको छ।
मध्यपुर थिमीमा आत्मरक्षा तालिम सम्पन्न
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















