सत्यराम कासिछ्वा
मानव जीवनका विभिन्न सकारात्मक र परिवर्तनका अनुभवहरु पुस्तकमा समेटिएका हुन्छन् । पुस्तकले सिद्धान्त भन्दा व्यवहारिक पक्षलाई विशेष महत्व दिइएको हुन्छ । त्यसैले पुस्तक जीवनको सार हो ।
साधारणतया विभिन्न विधाका विद्वान, लेखक, दार्शनिक, चिन्तक तथा साहित्यकार आदिका विचार तथा भावनालाई लिपिबद्ध गरिएको पृष्ठहरूको सङ्गठित स्वरूप वा ठेलीलाई पुस्तक भनिन्छ । पुस्तकलाई संस्कृत भाषामा ग्रन्थ भनिन्छ । नेपाली बृहत् शब्दकोशमा पुस्तकको अर्थ पढ्ने, पढाउने उद्देश्यले तर्क विचार, भावना, ज्ञान विज्ञान आदिका कुरा लेखिएको छापिएको ग्रन्थ भनिएको छ ।
मानिस एक गतिशील सामाजिक उत्तरदायित्व बहन गर्ने प्राणी भएको हुँदा उसले प्राप्त गरेका भाषा, अनुभव, ज्ञान, सीप र कला कौशललाई संरक्षण संवर्द्धन गर्दै भविष्यको पुस्ताका लागि हस्तान्तरण गर्न विभिन्न विधि प्रविधिका स्रोत साधनको उपयोग नियमित रूपमा भैरहेको छ ।
नेपालमा पुस्तकालयको विकासक्रम
प्राचीन कालदेखि नै मानिसहरूले आफ्नो धर्म, दर्शन, कला र संस्कृतिलाई लेख्ने कला तथा सीपको विकास गर्दै चिरकालसम्मका लागि सुरक्षित र संवर्द्धन गर्न नरम माटो, काठका टुक्रा, ताडपत्र, भोजपत्र शिलापत्र आदिमा लेख्ने, कोर्न जाँदा आफ्नो कला, धर्म, दर्शन, इतिहास, संस्कृति लेखी गुफा तथा मठमन्दिर पाटीपौवा, चैत्य गुम्बामा ज्ञान सामग्रीको रूपमा संरक्षण गर्दै जाँदा पुस्तक र पुस्तकालयको विकास भएको हो ।
प्राचीन समयमा प्राप्त गरेको ज्ञान र सीपको संरक्षण गुफा हुँदै मध्ययुगतिर मठमन्दिर, मस्जिद, गुम्बाचैत्य, पाटीपौवा तथा आधुनिक समाज तथा युगमा पुस्तकको प्रयोग तथा अनुसन्धानलाई बढावा दिन छुट्टै शाखा वा भवनमा पुस्तकको संरक्षण र परिचालन एवम् वितरण गरिएको हुन्छ जहाँ पुस्तकको घरलाई आधुनिक पुस्तकालयको रूपमा लिइन्छ ।
भक्तपुरको साफुकोठा अर्थात् पुस्तकालय
साकोठा नेवारी भाषाको दुई शब्द मिलेर बनेको हो । जहाँ साफु को अर्थ किताब र कोठाको घर हो । मल्लकालमा स्थापना भएको साफुकोठा वा पुस्तकालय हाल अप्रभंश भएर साकोठामा सीमित भएको छ । पृथ्वी नारायण शाहले भक्तपुरका अन्तिम मल्ला राजा रणजितसँग मित लगाएर यहाँका समृद्धि तथा सांस्कृतिक रहनसहन एवम् सेना परिचालन सम्बन्धी विभिन्न ज्ञानहरु साकोठा स्थित घरबाट पाएका थिए । उक्त घरमा मल्लकालमा राजाहरुले आफ्नो शक्ति संचयका रुपमा विभिन्न किसिमका रणनीतिक कलाकौशल, भाषा साहित्य र जीवनोपयोगी सीपहरुको संकलन गरेका थिए । वि. सं. १८२६ मा पृथ्वीनारायण शाहले उपत्यका जितिसकेपछि भक्तपुरको यो घर नै जलाइदिएका थिए जसका कारण यहाँ राखिएका हजारौ किताबहरु जलाएको घटना सर्वबिधित नै छन । यसरी पुस्तकालयको स्वरुप नेपालमा मल्लकाल मै विकास भएको तथ्य तथा इतिहासको अध्ययन गर्न सकिन्छ ।
नेपालमा लाइब्रेरियनसीपको थालनी
नेपालमा १५ भदौ १८६९ मा राजा गीर्वाणयुद्ध विक्रम शाहले ‘पुस्तकालय अधिनियम’ मा लालमोहरसहित पारित गराई पुस्तकालय सेवा दिन पण्डित केदारनाथ झालाई नै पुस्तकको रेखदेख र संरक्षणका लागि नेपालको पहिलो लाइब्रेरियनको रूपमा मानेका थिए । तर पुस्तकालयको व्यवस्थापनमा अध्ययन तालिम नलिएकोले भारतको दिल्ली विश्वविद्यालयबाट पुस्तकालय विज्ञानमा स्नातक गरेका पूर्णप्रसाद अमात्यलाई तत्कालीन शिक्षामन्त्री शारदा शमशेरले २००९ मा त्रिचन्द्र कलेजको लाइब्रेरियन पदमा नियुक्ति दिई नेपालमा लाइब्रेरियनसीपको थालनी गरियो ।
पुस्तकालय पर्व
वि.सं. १९८७मा विश्वमा फैलिएको शिक्षाको प्रचार–प्रसार, पुस्तक पुस्तकालयले जनमानसमा पारेको सकारात्मक प्रभावबाट भारतमा अध्ययनपछि फर्केका धर्मराज थपलिया र लक्ष्मीप्रसाद देवकोटालगायत ४५/४६ जना युवाहरूले ‘सरस्वती गुठी’ नामक संस्थाबाट पुस्तकालय खोल्न श्री ३ भीमशमशेरको अगाडि बिन्ती गर्दा रामचन्द्र अधिकारीले पोल खोलिदिएपछि ‘गाथगादी ताकेको’ आरोपमा जनही रु. १००/- जरिवाना लगाई दण्ड दिएको थियो जसलाई नेपालको पुस्तकालय विकासको इतिहासमा ‘पुस्तकालय पर्व’ को नामले चिनिन्छ ।
नेपालमा पुस्तकालय दिवस तथा नाराहरु
पुस्तकालयका गतिविधि र त्यसको आवश्यकताबारे जानकारी गराउने उद्देश्यका साथ नेपालमा २०६५भदौ १५ गतेदेखि जनतालाई शिक्षित र राष्ट्रलाई समृद्ध बनाउने उद्देश्यले पुस्तकालय दिवस मनाउन सुरु गरिएको हो ।
राजा गीर्वाणयुद्ध विक्रम शाहको शासनकालमा वि.सं. १८६९ भदौ १५ गते शुक्रबार पुस्तकालय बनाउनेसम्बन्धी कानुनमा लालमोहर लगाएको स्मृतिमा सरकारले वि.सं. २०६५ देखि भदौ १५ गतेलाई राष्ट्रिय पुस्तकालय दिवसका रूपमा मनाउने निर्णय गरेको थियो ।
नेपालमा राष्ट्रिय पुस्तकालय दिवस हरेक वर्ष भदौ १५ गते मनाइन्छ । वि.सं. २०६५ देखि मनाउन थालिएको यस दिवसका विभिन्न वर्षका प्रमुख नाराहरू यस्ता छन् :
२०६५ (पहिलो): “सबैका लागि पुस्तकालय” २०६६: “पुस्तकालयको विकास, नयाँ नेपालको निकास” २०६७: “सूचना, ज्ञान र सीपका लागि पुस्तकालय” २०६८: “समृद्ध नेपालका लागि पुस्तकालय” २०६९: “पुस्तकालय जाऔँ, पढ्ने बानी बसालौँ”
२०७०: “एक गाउँ एक पुस्तकालय, एक विद्यालय एक पुस्तकालय”
२०७९: “पढौँ, पढाऔँ : निरन्तर शिक्षाका लागि पुस्तकालय”
२०८०: “पुस्तौँ पुस्ताका लागि पुस्तकालय”
२०८१: “निरन्तर शिक्षाका लागि पुस्तकालय”
२०८२: “हाम्रो पुस्तकालय : हाम्रो भविष्य”
२०८३ (१९औँ राष्ट्रिय पुस्तकालय दिवस): “बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य”
२०६५ मा मनाइएको पहिलो पुस्तकालय दिवसको नारा “सबैका लागि पुस्तकालय” र अहिले २०८३ को १९ औँ राष्ट्रिय पुस्तकालय दिवसको नारा “बाल, युवा र वृद्धः पुस्तकालय सबैको गन्तव्य” ले दुई दशककै नारालाई अझ प्रभावकारी र व्यवहारिक बनाउन जोड दिएको छ । दुवै नाराले विशेष रूपमा सबै उमेर समूहका मानिसलाई पुस्तकालयसँग जोड्ने सन्देशमा केन्द्रित छ।
पुस्तकालयमा पुस्तकको अनिवार्यता र जोखिम
पढाइ जीवन परिवर्तन गर्ने शास्त्र हो । पुस्तकविनाको जीवन निरर्थक हुन्छ र जीवनको कुनै महत्व रहँदैन । पुस्तकविनाको जीवनले ढुङ्गेयुगको स्मरण गराउँछ । समाजमा आज ज
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1

















