लोकेश्वर साकोसमा दुबोको माला बनाउने तालिम सम्पन्न

0
4
लोकेश्वर साकोसमा दुबोको माला बनाउने तालिम सम्पन्न

भक्तपुर, २१ भदौ । लोकेश्वर बचत तथा ऋण सहकारी संस्था लि. को महिला उप–समितिको आयोजनामा भएको एकदिने दुबोको माला बनाउने तालिम संस्थाका अध्यक्ष राजन जतिको अध्यक्षतामा सम्पन्न भयो ।
कार्यक्रममा अध्यक्ष जतिले संस्थाबाट महिला सदस्यहरूलाई लक्षित गरी समय–समयमा विभिन्न तालिमहरूको आयोजना गर्दै आएको जानकारी दिँदै संस्थाबाट स्थापना कालदेखि सदस्यहरूलाई सक्षम बनाउन विभिन्न सीपमूलक तालिम, प्रशिक्षण र समुदायमा आधारित कार्यक्रमहरू सञ्चालन गर्दै आएको बताउनुभयो ।
उहाँले कुनै पनि तालिम लिइसकेपछि उक्त तालिममा सिकेको सीपलाई सही सदुपयोग गरी व्यवसायिकरूपमा अगाडि बढ्न सकेमा आर्थिक रूपमा सक्षम हुन सक्ने कुरा राख्नुभयो ।
तालिमका प्रशिक्षक गीता बाटीले आफूले सिकेको सीपलाई आफ्ना साथी र परिवारका सदस्यहरूलाई सिकाउँदै जानुपर्ने बताउनुभयो ।
उपसमितिका संयोजक सरिता खुसुको सभापतित्वमा भएको उक्त कार्यक्रममा संस्थाका लेखापाल शर्मिला मानन्धरले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here