ख्वप साकोसको १९औं स्थापना दिवस तथा सहकारी भवन उद्घाटन सम्पन्न

0
31
ख्वप साकोसको १९औं स्थापना दिवस तथा सहकारी भवन उद्घाटन सम्पन्न


भक्तपुर । **ख्वप बचत तथा ऋण सहकारी संस्था लि.को १९औं स्थापना दिवस तथा नवनिर्मित सहकारी भवन उद्घाटन कार्यक्रम नेपाल मजदुर किसान पार्टीका सचिव का. प्रेम सुवालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको छ।
कार्यक्रममा प्रमुख अतिथि का. प्रेम सुवालले सहकारीमा नेतृत्व गर्ने व्यक्ति निडर, निस्वार्थ र इमानदार हुनुपर्ने बताउँदै संस्थाको आर्थिक कारोबार तथा हिसाब–किताब पारदर्शी भएमा सदस्य तथा समुदायको संस्थाप्रतिको विश्वास अझ बढ्ने बताउनुभयो।
उहाँले नेपाल मजदुर किसान पार्टीको उद्देश्य कामदार वर्गलाई शासक वर्गमा पुर्‍याउने रहेको उल्लेख गर्दै नेमकिपा निस्वार्थ रूपमा जनताको सेवा गर्ने उद्देश्यले स्थापना भएको बताउनुभयो।
संस्थाका अध्यक्ष राजकुमार लघुको सभापतित्वमा सम्पन्न कार्यक्रममा भक्तपुर नगरपालिका वडा नं. २ का वडा अध्यक्ष हरिप्रसाद बासुकला, वडा नं. ६ का वडा अध्यक्ष हरिराम सुवाल, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष जगन्नाथ प्रजापती, ख्वप साकोसका संस्थापक अध्यक्ष कुमार लघु, नेपाल मजदुर किसान पार्टी वडा नं. २ का इन्चार्ज गणेशप्रसाद सुवाल, लक्ष्मी नारायण सुवाल तथा संस्थाका सचिव अमर बासुकलाले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो।
कार्यक्रममा ख्वप साकोस धा बाजा, ख्वप बचत बासुरी बाजा तथा भ्वाइलेन समूहले सुमधुर सांगीतिक धुन प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here