फुटसल प्रतियोगिता समापन तथा पुरस्कार वितरण सम्पन्न

0
4

सत्यराम कासिछ्वा
भक्तपुर, जेठ १५ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म सहिद स्मृति खेलमैदानमा संचालित भक्तपुर नगर अन्तर वडाव्यापी फुटसल प्रतियोगिताको नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सचिव प्रेम सुवालको प्रमुख आतिथ्यतामा शनिबार पुरस्कार वितरणसहित समापन भएको छ ।
प्रेम सुवालले अनुशासन मित्रता तथा स्वस्थ युवा र नागरिकको सहर भएको बताउँदै देशको सार्वभौमिकता बचाउन र पर्यटनको विकासमा खेलकुदले सहयोग गर्ने बताउनुभयो ।
अनुशासन र मित्रताले खेलाडी र दर्शकहरू दुबै उत्साहित हुने बताउँदै तथा अनुशासित उरुग्वे बाट सुरु भएको फुटसलमा ब्राजिलियन फुटसल खेलाडी फाल्काओ को चर्चा गर्नुभयो ।
भक्तपुर युवा टिमका अध्यक्ष तथा कार्यक्रमका सभापति केशव त्वायनाबासुले मित्रता र अनुशासित स्वस्थ नागरिकसहित राष्ट्रिय अन्तर्राष्ट्रिय स्तरको खेलाडी तथा रेफ्री तयारका लागि विभिन्न खेलकुद गतिविधि गरिरहेको बताउनुभयो ।
फाइनल खेलमा वडा नं ८ ले वडा नं ७ को २ का विरुद्ध ३ गोलले जित हासिल गरेको उक्त फुटसल प्रतियोगितामा प्रमुख सुवालले विजेता, उपविजेता, उत्कृष्ट गोलकिपर वडा नं ८ का सुसन दुवाल तथा उत्कृष्ट खेलाडी वडा नं ७ का यडुवन नापितलाई क्रमशः नगद रु. २५ हजार, नगद रु. १२ हजार ५००, रू. २ हजार ५०० नगदको चेक, ट्रफी, मेडल तथा प्रमाणपत्रद्वारा सम्मानित गरेका थिए ।
वडा नं ८ का मनिष बासीले फाइनल खेलमा थप २ गोल गरि प्रतियोगिताभर ११ गोल गरेर सर्वाधिक गोलकर्ता भई अन्तिम खेलको म्यान अफ द म्याच हुन सफल भएका छन् ।
प्रतियोगिताभर व्यक्तिगत ४ गोल गर्ने खेलाडीहरु क्रमशः वडा नं ५ का दिजन ख्वालापाला, वडा नं ७ का वियोन कर्माचार्य तथा वडा नं ३ का सविन किलम्बु, प्रतियोगिताभर व्यक्तिगत ५ गोल गर्ने खेलाडीहरु क्रमशः वडा नं ७ का दिपेश खाइजू, वडा नं ८ का सन्जिवन गोसाई, वडा नं २ का साजन सुवाल तथा वडा नं १० का रोहन प्रजापति, प्रतियोगिताभर व्यक्तिगत ६ गोल गर्ने खेलाडीहरु क्रमशः वडा नं ८ का विवेक बोहजू, वडा नं ५ का विवेक कवां तथा वडा नं ८ का सन्जिव गोसाइ तथा प्रतियोगिताभर व्यक्तिगत ९ गोल गर्ने खेलाडी वडा नं ९ का आजाद प्रजापति रहेका छन् ।

photo: RP graphy

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here