वडा नं. १० मा आर्थिक वर्ष २०८३/८४ का लागि योजना छनोट कार्यक्रम सम्पन्न

0
2

भक्तपुर, १७ जेठ । आर्थिक वर्ष २०८३/८४ को नीति तथा योजना छनोट कार्यक्रमअन्तर्गत भक्तपुर नगरपालिका वडा नं. १० कार्यालयद्वारा ओमकारेश्वर मन्दिर परिसरमा आयोजना गरिएको कार्यक्रम सम्पन्न भएको छ।

स्थानीय तहको विकास प्रक्रियामा नागरिक सहभागिता सुनिश्चित गर्ने उद्देश्यले आयोजित कार्यक्रममा स्थानीय बासिन्दाहरूको उत्साहजनक उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले आफ्नो टोल तथा समुदायका आवश्यकता, समस्या, विकासका प्राथमिकता तथा विभिन्न योजनासम्बन्धी महत्वपूर्ण सुझावहरू प्रस्तुत गरेका थिए।

सहभागीहरूले आगामी आर्थिक वर्षका लागि पूर्वाधार विकास, सामाजिक सेवा, वातावरण संरक्षण, सांस्कृतिक सम्पदा संरक्षण तथा जनजीविकासँग सम्बन्धित विभिन्न योजना तथा कार्यक्रम प्रस्ताव गरेका थिए। प्राप्त सुझाव तथा प्रस्तावहरूलाई आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको वडा कार्यालयले जनाएको छ।

स्थानीय जनसहभागितामार्फत समावेशी, पारदर्शी तथा आवश्यकतामा आधारित विकास योजना तर्जुमा गर्ने लक्ष्यसहित सञ्चालन भइरहेको उक्त कार्यक्रमलाई निरन्तरता दिँदै भोलि जेठ १८ गते वन्ती–देकोचामा आयोजना गरिने जनाइएको छ।

वडा कार्यालयले सम्बन्धित क्षेत्रका सम्पूर्ण स्थानीय बासिन्दा, समाजसेवी, बुद्धिजीवी तथा सरोकारवालाहरूलाई कार्यक्रममा सहभागी भई आफ्ना अमूल्य सुझाव तथा योजना प्रस्तुत गर्न आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here