श्री गणेश माध्यमिक विद्यालयमा विद्यालय बस हस्तान्तरण

0
87

भक्तपुर, जेठ २७ । चाँगुनारायण नगरपालिका वटा ५ छालिङ्ग स्थित श्री गणेश मा.वि.मा  नगरपालिका प्रमुख जीवन खत्रीको आतिथ्यतामा विद्यार्थीहरूको सुरक्षित सहज तथा नियमित आवागमनमा प्रदान गर्ने उद्देश्यले सञ्चालनमा ल्याइएको  विद्यालय बस हस्तान्तरण तथा शुभारम्भ कार्यक्रम सम्पन्न भयो। नगरपालिको अनुदान सहयोग प्राप्त स्कूल बसको साँचो विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्री न्हुछे भक्त फोजूलाई हस्तान्तरण गरेपछिको मन्तब्य गरे पश्चात् औपचारिक रूपमा बस सञ्चालन‌मा आएको छ। कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख जीवन खत्रीले गुणस्तरीय शिक्षा र पूर्वाधार विकासमा नगरपालिका सदैब प्रतिबद्ध रहेको बताउनु हुँदै विद्यालय बस सेवाले विद्यार्थीको नियमित उपस्थितिमा वृद्धि र समयपालनामा बढोत्तरी भई शैक्षिक कार्यक्रम थप प्रभावकारी हुने विश्वास व्यक्त गर्नुभयो साथै बस सेवाले विद्यार्थी अभिभावक र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने धारणा राख्दै उहाँले कार्ययोजना बनाएर अगाडि बढ्नुस् नगरपालिका आवश्यक सहयोग गर्न तयार छ भनि  वचनबद्धता व्यक्त गर्दै विद्यालय परिवारलाई बधाई तथा शुभकामना व्यक्त गर्नुभयो ।  नगरकार्यपालिका सदस्य श्री जीवन नेपाली र वडा नम्बर ५ का वडा सदस्य श्री प्रभुराम थापाले शुभकामना मन्तव्य व्यक्त गर्दै विद्यालयको समग्र विकास लागि सर्वपक्षीय सहकार्य आवश्यक रहेको बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष न्हुछे भक्त फोजूले सम्पन्न उक्त कार्यक्रममा बस खरिद व्यवस्थापनका लागि सहयोग गर्ने सम्पूर्ण व्यक्तित्व समुदाय र बजेट विनियोजन गर्न सहयोग गर्नुहुने चाँगुनारायण नगरपालिकालाई स- हृदय धन्यवाद ज्ञापन गर्नुभयो ।  योग्य असल र इमान्दार दक्ष जनशक्ति तयार गर्ने विद्यालयको लक्ष्य पूरा गर्न सम्बद्ध सम्पूर्ण पक्षको साथ समर्थन  आवश्यक रहेको बताउनुभयो। विद्यालयमा तहगत र विषयगत दरबन्दी नरहेको र भौतिक सुधार अन्तरगत खेलमैदान व्यवस्था चमेनागृह  निर्माण गर्ने प्राथमिक योजना रहेकोले नगरका कार्यपालिकाले थप सहयोग हुने अपेक्षा गर्नुभयो । उक्त कार्यक्रममा विद्यालयका प्रह श्री इन्द्रबहादुर फोजुले स्वागत मन्तव्य सहित धन्यवाद ज्ञापन गर्दै बस खरिद व्यवस्थापनका  क्रममा भएका अल्जनहरूबारे स्पष्ट पार्नुका विद्यालय बस सञ्चालन नीति बनाएर साथै विद्यालय बस सञ्चालन नीति बनाएर बस  अनुशासन कायम राख्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। शिक्षक लक्ष्मी नारायण लिगलले सञ्चालन गर्नु भएको उक्त कार्यक्रममा विद्यालयका पूर्व विद्यार्थी एवम् चाँगुनारायण नगरपालिकाका नगर प्रमुख स्वकीय सचिव गोकर्ण पुरी र पूर्व  विद्यालय व्यवस्थापन समिति अध्यक्ष कृष्णभक्त फोजूको पनि उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
1
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here