फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल शनिबारदेखि सुरु हुने

0
6
फुटबल प्रतियोगिताको क्वाटरफाइनल खेल शनिबारदेखि सुरु हुने


सत्य राम कासिछ्वा
मंसिर ४, भक्तपुर । भक्तपुर नगरव्यापी विद्यालयस्तरीय खेलकुद प्रतियोगिता अन्तर्गत महेश्वरी खेलमैदान चालू भएको फुटबल प्रतियोगिताको दोस्रो दिन शुक्रबार पनि चारवटा खेल सम्पन्न भएको छ ।
दोस्रो दिनको पहिलो खेलमा सैनिक आवासीय माविका निरज अधिकारीले एक तथा निकेश घलेले दुई गोल गरेर अग्रता दिए ।दोस्रो हाफमा सैनिक आवासीय माविका निकेश घले, संविधान राणा, प्रज्वल शाही ठकुरी तथा कुशल दुलालले एक/ एक गोल गरे भने बाल विकास सेकेन्डरी स्कुलले कुनैपनि गोल गर्न सकेन ।यससँगै सैनिक आवासीय माविले ०-७ गोल अन्तरले खेल जित्यो । उक्त खेलमा सैनिक आवासीय माविका जर्सी नं. ९ का निकेश घले म्यान अफ द माच घोषित भए ।
दोस्रो खेलमा ख्वप्रिङ ईङ्गलिस एकेडेमी र प्रोक्सिमा इन्टर नेसनल ईङ्गलिस सेकेन्डरी स्कुल बीच प्रतिस्पर्धा भयो । पहिलो हाफमा प्रोक्सिमा इन्टर नेसनल ईङ्गलिस सेकेन्डरी स्कुलका आकाश लामाले एक गोल गरे भने ख्वप्रिङ ईङ्गलिस एकेडेमीका आर्यन प्रधानले एक गोल गरि बराबरी गरे । दोस्रो हाफमा ख्वप्रिङ ईङ्गलिस एकेडेमीका आर्यन प्रधान र सम्राट खड्काले एक/एक गोल थप गरि अग्रता दिए । यससँगै ख्वप्रिङ ईङ्गलिस एकेडेमीले १-३ गोल अन्तरले खेल जित्यो । उक्त खेलमा ख्वप्रिङ ईङ्गलिस एकेडेमीका जर्सी नं. ६ का आर्यन प्रधान म्यान अफ द माच घोषित भए ।

तेस्रो खेलमा प्रभात ईङ्गलिस सेकेन्डरी स्कुल र बागिश्वरी मावि तथा श्री पद्म मावि र अक्सफोर्ड प्राक्टिकल सेकेन्डरी स्कुल बीच प्रतिस्पर्धा भयो । पहिलो हाफमा बागिश्वरी माविका सुशांख्य ठकुरीले एक गोल गरे । दोस्रो हाफमा भने प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलका विनम सुवाल र स्वरुप सुलुले एक/एक गोल गरे । यससँगै प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलले १-२ गोल अन्तरले खेल जित्यो । उक्त खेलमा प्रभात ईङ्गलिस सेकेन्डरी स्कुलका गोलकिपर जर्सी नं. १ का रोहित दुवाल म्यान अफ द माच घोषित भए ।
दोस्रो दिनको अन्तिम खेल श्री पद्म मावि र अक्सफोर्ड प्राक्टिकल सेकेन्डरी स्कुल बीच भयो । पहिलो हाफमा श्री पद्म माविका सागर तिरुवाले दुई तथा प्रवल तामाङले एक गोल गरे ।अक्सफोर्ड प्राक्टिकल सेकेन्डरी स्कुलले भने गोल गर्न सकेन ।यससँगै श्री पद्म माविले ०-३ गोल अन्तरले खेल जित्यो । उक्त खेलमा श्री पद्म माविका जर्सी नं. ७ का सागर तिरुवा म्यान अफ द माच घोषित भए ।
फुटबल प्रतियोगिताको तेस्रो दिन आज शनिबार पहिलो दिनको खेलमा जितेका सरस्वती विद्यागृह मावि र मिनर्वा ईङ्गलिस सेकेन्डरी स्कुलबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ भने समता शिक्षा निकेतन र साइनिङ स्टुडेन्ट ईङ्गलिस सेकेन्डरी स्कुलबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
फुटबल प्रतियोगिताको तेस्रो दिन आज शनिबार पहिलो दिनको खेलमा जितेका सरस्वती विद्यागृह मावि र मिनर्वा ईङ्गलिस सेकेन्डरी स्कुलबीच पहिलो क्वाटरफाइनल खेल हुनेछ भने समता शिक्षा निकेतन र साइनिङ स्टुडेन्ट ईङ्गलिस सेकेन्डरी स्कुलबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
फुटबल प्रतियोगिताको चाैंथो दिन आइतबार दोस्रो दिनको खेलमा जितेका सैनिक आवासीय मावि र ख्वप्रिङ ईङ्गलिस एकेडेमी बीच तेस्रो क्वाटरफाइनल खेल हुनेछ भने प्रभात ईङ्गलिस सेकेन्डरी स्कुल श्री पद्म मावि बीच चाैंथो क्वाटरफाइनल खेल हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here