सन्दर्भ: स्वर्गीय शोभा प्रधानको स्मृति( कविता )

0
382


शोभा भाउजु : मेरो अन्तस्करणमा

श्रध्दाका शब्दहरु
नि : शब्द बनेर
जब
फुलका गुच्छाहरु
आँसुका पतझर सँगै
तप तपिंदै
मौनता साँधेका शरीर माथि
लहसिन पुग्दाका
त्यो
क्षण
हर
एकको मन भित्र
जागृत
भाष्य
प्रतिक्रियाबादीहरुको
हजारौं कटाक्ष चिर्दै
अगाडि बढ्ने
राजनितिका
जनपक्षधरता
नारायणमान दाई ( रोहित ) का
अनेक
सहजताका प्रतिक
आफन्त बन्ने
साथिणाई भए
समाजका समर्थक गनिए
कार्यकर्ता उस्तै मध्येका एक
अन्यकार्थ प्रति
लाम्छित शब्दवान
” हत्याराकी स्वास्नी “
सुन्दै र झेल्दै बाँच्ने
मुर्त
अमुर्त
सबै पाहुनाका
हँसिली सत्कारीता
शोभा भाउजु
सुकुलढोकाको
त्यो
पुरानो
सानो गल्ली भित्र
मौलिक
कल्लाले सिङ्गारिएको
एक घरको सानो कोठा
मातन तल्लामा
टोस्ट र चियाको चुस्की सँगै
बर्गभेदका कथा सिक्दै
नियालिरहेछु …….. नियालिरहेछु ……!

लेखक : कृष्णप्रसाद दुमरु
भ . न . पा .- १

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
1

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here