Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home कला र स‌स्कृति भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अभिमुखीकरण

भक्तपुर नगरपालिकामा सामाजिक सुरक्षा भत्ता वितरणसम्बन्धी अभिमुखीकरण

भक्तपुर । २०८२ साउन २

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा सबै वडाका वडा सचिव र कर्मचारीहरुलाई बायो—मेट्रिक भेरिफिकेशनमार्फत सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण तथा नयाँ दर्ता गर्नेसम्बन्धी अभिमखुकीरण कार्यक्रम सम्पन्न भयो ।

कार्यक्रममा बोल्दै नगर प्रमुख प्रजापतले सेवाग्राहीको माग, आवश्यकता तथा प्राथमिकता पहिचान गरी नगरपालिकाबाट प्रवाहित हुने सेवा सुविधालाई सहज र सरल ढंगले सेवा प्रवाह गर्न कर्मचारीहरुले समन्वयकारी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

प्रमुख प्रजापतिले सेवाप्रवाहको क्रममा देखिने समस्यालाई कानुनी आधार देखाएर सेवाग्राहीलाई प्रष्ट पार्नुपर्ने बताउँदै भक्तपुर नपाले कर्मचारीहरुलाई आवश्यकताको आधारमा क्षमता अभिवृद्धि तालिमहरु प्रदान गर्दै आएको बताउनुभयो ।

वडा कार्यालय भनेको जनताबीच नजिक जनसम्पर्क हुने ठाउँ हो भन्दै उहाँले कर्मचारीहरुले आफ्नो शैक्षिक योग्यतालाई निखार्दै आफूलाई विज्ञको रुपमा विकास गर्दै लान प्रेरित गर्नुभयो ।

भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले जनप्रतिनिधि र कर्मचारीसँग जनताको नजिकको सम्बन्ध रहने हुँदा सेवाग्राहीहरुलाई सरल र सहज ढंगले सेवा प्रवाह गर्नेतर्फ जोड दिनुपर्ने बताउनुभयो ।

कर्मचारीहरुले नपाको ऐन, नियम, कानुन तथा नियमावलीहरु राम्रोसँग अध्ययन गरी जनतालाई सेवाप्रवाहमा सहजता प्रदान गर्नुपर्ने बताउँदै उहाँले कर्मचारीहरुमा व्यवहारिक पक्षमा पनि ध्यान दिनुपर्ने बताउनुभयो ।

कार्यपालिका सदस्य एवम् महिला बालबालिका तथा समाज कल्याण समितिका संयोजक रोशनमैंया सुवालले भक्तपुर नपाले नेपाल सरकारले प्रदान गर्ने सामाजिक सुरक्षा भत्ता वितरण व्यवस्थित, प्रभावकारी र पारदर्शी ढंगले वितरणमा जोड दिँदै आएको बताउनुभयो ।

वडा सदस्य हेरा ख्याजूले कार्यक्रमको उद्देश्यबारे प्रष्ट पार्नुभएकोे उक्त कार्यक्रममा वडा सदस्य सुमित्रा बोहजूले पनि बोल्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments