Friday, July 18, 2025

विज्ञापनको लागि सम्पर्क : bhaktapurdaily@gmail.com

Home भक्तपुर नगरपालिका ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा सहकारीकर्मी भेला

ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलनको स्मरणमा सहकारीकर्मी भेला

भक्तपुर । २०८२ साउन २

नेपाल मजदुर किसान पार्टीका सचिव एवम् संघीय सांसद प्रेम सुवालको प्रमुख आतिथ्यमा सहकारी संस्थाको विगत र वर्तमान अवस्थाबारे सहकारी संस्थाका पदाधिकारीहरुको भेला कार्यक्रम शुक्रबार सम्पन्न भयो । भक्तपुर नगरपालिकाको आयोजनामा भएको उक्त कार्यक्रममा भक्तपुरको ऐतिहासिक भ्रष्टाचारविरोधी आन्दोलन २०२५ साउन २ र २०२६ असार १९ को स्मरण ग¥यो ।

कार्यक्रममा बोल्दै सांसद सुवालले देशको सन्तुलित विकास नहुँदा देशमा भ्रष्टाचार मौलाइरहेको बताउँदै सहकारी सञ्चालक र कर्मचारीहरुमा अर्थशास्त्रबारे राम्रो अध्ययन र जानकारी हुनुपर्ने बताउनुभयो ।

समुदायमा आधारित सहकारी संस्थाहरु बैंक तथा वित्तीय संस्था जस्तो सञ्चालन हुनुहुँदैन भन्दै सांसद सुवालले सहकारीले विभिन्न सीपमूलक तथा रोजगारीमूलक तालिम सञ्चालन गरी इमानदारीपूर्वक र निःस्वार्थ रुपमा जनताको सेवा गर्ने भावनाले काम गर्न तत्पर हुनुपर्ने बताउनुभयो ।

पुँजीवादी व्यवस्था भ्रष्टाचारको छाया हुने भएकोले त्यसको विरोधमा समाजवादी व्यवस्था स्थापनाको लागि जनतालाई सचेत पार्नुपर्ने बताउँदै उहाँले नेपालका उद्योग कलकारखाना जस्ता सार्वजनिक संस्थान कौडीको मूल्यमा बेच्ने सरकारको नीति नै गलत भएको बताउनुभयो ।

सांसद सुवालले देशलाई आत्मनिर्भर बनाउन देशमै उद्योग कलकारखानाहरु स्थापना हुनुपर्नेमा जोड दिँदै उहाँले सहकारीका सञ्चालकहरुले सहकारी सिद्धान्त र मूल्यमान्यतालाई व्यवहारमा कार्यान्वयन गरेर देखाउनु आजको आवश्यकता हो भन्नुभयो ।

काठमाडौं उपत्यकामा डेंगु संक्रमणको जोखिम बढ्दै गएको बताउँदै उहाँले भ्रष्टाचारविरोधी आन्दोलनलाई चालु राख्नुपर्ने बताउनुभयो ।

औद्योगिक क्षेत्रभित्र सञ्चालिक उद्योगहरुको ध्वनि र धुवा प्रदूषणले स्थानीय जनस्वास्थ्यमा प्रतिकूल असर पु¥याइरहेको बताउँदै भक्तपुर औद्योगिक क्षेत्रर्ला अन्य उपयुक्त ठाउँमा स्थानान्तरण गर्न नगरपालिकाले पहल गर्नुपर्ने धारणा राख्नुभयो ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले भक्तपुरको किसान आन्दोलनको जगमा उभिएर भक्तपुर नगरपालिकाले शिक्षा, स्वास्थ्य, सम्पदा पुनःनिर्माण, सरसफाइ, खेलकुदको विकासलगायतका क्षेत्रहरुमा उल्लेखनीय काम गर्न सफल भएको बताउँदै सहकारी संस्थाहरुले सहकारीको सिद्धान्त, मूल्य मान्यताअनुसार गरिब जनताको हितमा काम गरी उनीहरुको जीवनस्तर उत्थानमा सहयोगी भूमिका खेल्नुपर्ने बताउनुभयो ।

उहाँले भ्रष्टाचारविरोधी आन्दोलनबारे जानकारी गराउँदै सहकारी संस्थामा भएको भ्रष्टाचारको विरोधमा संस्थाका अध्यक्षलाई उल्टो टोपी लगाई भक्तपुर नगर घुमाई जनतालाई दण्ड दिएको घटनाबारे स्मरण गर्नुभयो ।

प्रमुख प्रजापतिले चीनको हुनान किसान आन्दोलनको प्रभावमा भक्तपुरमा पनि किसान आन्दोलन भएको बताउँदै नेमकिपाले शोषित पीडित किसानहरुलाई राजनीतिक र सांगठनिक रुपले संगठित बनाई उनीहरुको हकहित सुनिश्चित गर्ने काम पनि गरेको बताउनुभयो ।

कार्यक्रमका सभापति भक्तपुर नपा वडा नं. २ का वडाध्यक्ष हरिप्रसाद बासुकलाले आर्थिक वर्ष २०८१।८२ मा भक्तपुर नपाको सहकारी समितिले सहकारी अनुगमन र नियमनलाई प्राथमिकतामा राखी अगाडि बढेको बताउँदै संस्थामा देखिएका समस्या र विकृति नियन्त्रणमा सुधार गर्न समितिले निरन्तर पहल गर्दै आएको बतउनुभयो ।

नेपाल क्रान्तिकारी किसान संघ भक्तपुर जिल्ला समितिका उपाध्यक्ष गोविन्द दुवालले भ्रष्टाचारविरोधी आन्दोलन अहिले पनि सान्दर्भिक भएको बताउँदै बाली काट्ने आन्दोलन, भर्पाई आन्दोलन, भ्रष्टाचारविरोधी संघर्षजस्ता क्रान्तिकारी गतिविधिमार्फत वर्गसंघर्षलाई तीव्र गति दिन नेपाल मजदुर किसान पार्टी सफल भएको बताउनुभयो ।

भक्तपुर जिल्ला बचत संघका सचिव जगन्नाथ प्रजापतिले सहकारी संस्थालाई अप्ठेरो अवस्थामा पार्ने काम सहकारी संस्थाका सञ्चालकहरुबाट नै हुने गरेको बताउँदै सहकारी स्थापनाको उद्देश्यअनुसार सहकारी सञ्चालन नहुँदा समस्या निमित्एको हो भन्नुभयो ।

सहकारीको विकृति सरकारले नै नियन्त्रण गर्न नसक्ने अवस्थामा पुगेको बताउँदै उहाँले सहकारी पूर्ण रुपमा वित्तीय संस्थामा रुपान्तरण गर्न नहुने धारणा राख्नुभयो ।

कार्यक्रममा सहकारी समितिका सदस्य सरिना द्योलाले भ्रष्टाचारविरोधी आन्दोलनको इतिहासबारे प्रष्ट पार्नुभयो भने सदस्य नारायणप्रसाद त्वानाबासुले पनि बोल्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
RELATED ARTICLES
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments