भक्तपुरका प्रत्येक वडामा ग्याँस चुल्हो मर्मत तालिम

0
189


भक्तपुर, मंसिर १९ । भक्तपुर नगरपालिका १० नं. वडा कार्यालयको आयोजनामा ग्याँस चुल्हो मर्मत तालिम वडा अध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाको प्रमुख आतिथ्यतामा वडा कार्यालयको सभा कक्षमा बुधबार सम्पन्न भयो ।
प्रमुख अतिथि लक्ष्मी प्रसाद ह्यौमिखाले जिउ धनको क्षति हुनबाट बचाउन तलिमको आवश्यकता रहेको बताउनुहुँदै भक्तपुर नगरपालिका बालबालिका तथा समाज कल्याण समितिको निर्णय अनुसार वडा वडामा तालिम संचालन भैरहेको बताउनुभयो । उहाँले अहिलेको समयमा पनि लैँगिक हिँसा बढिरहेको बताउदै यस वडामा पनि हिँसा विरुद्धको अभियान कार्यक्रम गर्ने जानकारी दिनुहुदै भक्तपुर महोत्सवबारे वडा नं. १० को टोल टोलमा विभिन्न प्रदर्शनी हुने भएकोले महोत्सवमा सरसफाईमा वडावासीहरुले पनि साथ र सहयोग गर्नुपर्ने र आगन्तुकहरुको लागि शौचालय व्यवस्थापनको निम्ति अनुरोध गर्नुभयो । उहाँले महोत्सवले नगरबासीहरुको जीवन स्तर उठाउने र आर्थिक स्तर वृद्धि गर्ने बताउनुभयो ।
कार्यक्रममा अतिथि वडा सदस्य जितेन्द्र मुर्नकर्मीले ग्याास सिलिण्डर बिष्फोटबाट हुन सक्ने ठूलो धनजनको क्षतिबाट बचाउन यस्तो तालिमको आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा अर्का अतिथि तारा देवी शाक्यले ग्याँस चुल्होबारे ज्ञान नहुँदा सामान्य मर्मतबाट पनि ठगिएकोले त्यसबाट बच्नको निम्ति तालिम महत्वपुर्ण रहेको बताउनुभयो ।
कार्यक्रममा तालिम प्रशिक्षक गंगा राम रन्जितकार र वडा सचिव गोविन्द राम थुसाले पनि बोल्नुभएको थियो । उक्त तालिममा ३६ जना प्रशिक्षर्थीहरु सहभागी रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here