परिवर्तित समयमा अभिभावकहरुको दायित्व विषयमा वृहत छलफल

0
42



भक्तपुर, २०८३ जेठ १० गते आइतबार । नेपाल सरकारको शिक्षानीति अनुसार शैक्षिक सत्र शुरु भएसँगै संस्थागत विद्यालयका अभिभावक माथि पहिलेदेखि विनाकारण एउटै विषय अन्तर्गत पर्ने शिर्षक वा उपशिर्षकलाई छुट्टाछुट्टै शिर्षक बनाई शुल्क उठाउने गर्दै आएको प्रवृतिमा खासै तात्विक भिन्नता नआएको गुनासो बढ्न थालेपछि अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिले परिवर्तित समयमा अभिभावकको दायित्व विषयक आज एक समारोह बीच बृहत छलफल कार्यक्रम सम्पन्न गर्यो । उक्त अवसरमा अभिभावक संघ नेपालका सङस्थापक अध्यक्ष एवम वर्तमान संरक्षक सुप्रभात भण्डारीले बेथिति बाट आजित युवा जमातको जलनले स्थापित वर्तमान सरकार संग नयाँ पुस्तालेअनुशासनमा आधारित सस्तो , सुलभ र बैज्ञानिक शिक्षाको ठूलो आशा गरेका थिए । पछिल्ला घटनाक्रमले संस्थागत स्कुका संञ्चालकहरु सँग पहिले देखिको मालिक्याईं फेरिएको देखिएन । मात्र नयाँ परिवेश सँगै मालिक्याईंलाई निरन्तरता दिन छेपारोले झैं रुप बदलेको देखियो । यसर्थ सिङ्गो अभिभावकहरुका लागि हामी हिजो लड्यौ , आज लड्दै छौ र संघर्षको पाइलामा हाम्रो सक्रियतालाई निरन्तरता दिईरहँछौ भन्नुभयो ।
कार्यक्रममा अभिभावक संघ नेपालका केन्द्रीय अध्यक्ष केशव पुरीले अभिभावक संघको लामो ईतिहास खराब कुराको साँक्षि बसेर बनेको होइन । अभिभावकहरुको हरेक दु:ख , कष्ट, पीडालाई लिएर आफ्नो अग्रसरता देखाउँनु हाम्रो पहिलो कर्तव्य हो भन्नुभयो । अर्का वक्ता अभिभावक संघ नेपालका केन्द्रीय उपाध्यक्ष केपी शर्माले अभिभावकहरुले तिर्ने शुल्कको यथार्थ विवरण खुलाई संस्थागत बिल भरपाई दिन आनाकानी गर्नु वा नमान्नु सरासर ठगी हो भन्नुभयो ।
नेपाल सरकारको शिक्षा नियमावली विपरित अभिभावकहरुको ढाड सेक्ने गरी शुल्क वृद्धि गरि असुलेको कुरालाई घुमाई फिराई नछोड्ने मनोवृत्ति विरुद्ध अभिभावकहरुको सामूहिक प्रयास र भावना माथि भाँजो हाल्न खोज्ने जस्ता अनैतिक प्रवृत्ति संस्थागत विद्यालयमा देखिंनु अक्षम्य छ भन्दै अभिभावक संघ नेपाल भक्तपुर जिल्ला कार्यसमितिका अध्यक्ष रामकृष्ण प्रजापतिले सञ्चालन गरेको उक्त छलफल कार्यक्रममा उपाध्यक्ष राम सुवाक , सचिव आसराम सुवाल , कोषाध्यक्ष कृष्णप्रसाद दुमरु ,सदस्य घनश्याम लगायत विभिन्न संस्थागत विद्यालयका अभिभावकहरुले पनि स्थानिय निकायले अभिभावक संघ समेतको सहभागितामा बिध्यालय अनुगमन गर्नुपर्ने विषयलाई जोडदिन्दै आ- आफ्नो भनाई ब्यक्त गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here