0
10

फुटसलको सेमिफाइनल खेल बिहिबारबाट सुरु
सत्यराम कासिछ्वा
भक्तपुर, जेठ १३ । भक्तपुर युवा टिमको आयोजनामा जेठ ६ गतेदेखि १६ गतेसम्म संचालन भइरहेको अन्तर वडाव्यापी फुटसल प्रतियोगिता बुधबारबाट लिग चरणको अन्तिम खेलहरु सम्पन्न भएको छ ।
एएफसी रेफ्री इन्स्कटचर सुरज सायमी मानन्धरले नेपालमा अन्तर्राष्ट्रिय फुटसलको नियम The laws of game अनुसार खेल खेलाईएको बताउँदै पहिलो राष्ट्रिय फुटसल लिग प्रतियोगिता पोखरामा, दोस्रो काठमाडौंमा अन्तर कलेज फुटसल च्याम्पियनसिप तथा तेस्रोपटक भक्तपुर युवा टिमको आयोजना भइरहेको बताउनुभयो ।
उहाँले खेल अवधिमा पहिलो हाफ १० मिनेटको ब्रेक, दोस्रो साढेसात मिनेटको ब्रेक तेस्रो दोस्रो हाफमा १० मिनेट ब्रेक हुने बताउँदै ६ फलमा १ पेनाल्टी, हरेक टिमले खेल अवधिमा १ पटक मात्र ब्रेक वा टाइम आउट गर्न पाइने जानकारी दिनुभयो ।
लिग चरणको अन्तिम दिनको पहिलो खेल ग्रुप ए बाट वडा ७ को विरुद्ध वडा १ को खेलमा खेलिरहेकाे टिम अन्तर्गत खेलको साताैं दिनसम्म आइपुग्दा ग्रुप ए को वडा नं ७ को ९ अंक र वडा नं १ को ३ अंकसहित खेलिएको पहिलो हाफमा वडा नं ७ ले ३ गोल तथा वडा नं १ को १ गोल तथा दोस्रो हाफमा वडा नं १ ले २ गोल गरि बराबरी गरेका थिए ।
पहिलो खेलमा वडा नं १ का रोहन शिल्पकार म्यान अफ द म्याच घोषित भएको थियो ।
लिग चरणको अन्तिम दिनको दोस्रो खेल ग्रुप बी बाट वडा ३ को विरुद्ध वडा ४ को खेलमा खेलिरहेकाे टिम अन्तर्गत खेलको साताैं दिनसम्म आइपुग्दा ग्रुप ए को वडा नं ३ ले ३ अंक र वडा नं ४ ले कुनैपनि अंक पाएका छैनन् ।

बिहिवार सेमिफाइनल खेल वडा नं २ को विरुद्ध वडा नं ७ बेलुका ६ बजे , वडा नं ८ को विरुद्ध तथा वडा नं ९ सेमिफाइनल बेलुकी ७ बजे हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here