भक्तपुर, कार्तिक १० । पठन संस्कृतिको प्रवर्द्धन तथा बालबालिका एवं विद्यार्थीहरूमा अध्ययन संस्कृतिको विकासका लागि भक्तपुरमा ‘रोटरी पुस्तक प्रदर्शनी २०८३’ आयोजना हुने भएको छ।
भक्तपुर दरबार स्क्वायरस्थित विद्यार्थी निकेतन माध्यमिक विद्यालयको प्राङ्गणमा कार्तिक १२ गतेदेखि १४ गतेसम्म बिहान १०:०० बजेदेखि साँझ ६:०० बजेसम्म तीनदिने पुस्तक मेला रोटरी क्लब अफ भक्तपुरले संचालन गर्नेछ ।
नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छेद्वारा उद्घाटन हुने कार्यक्रमको पहिलो दिन कार्तिक १२ गते बिहीबार पुस्तक विमोचन, ‘दरबारको दुखान्त’ नामक किताबका लेखकसँग प्रत्यक्ष अन्तरक्रिया तथा Date poet society को संयोजनमा ‘शून्य’ भाग ५ अन्तर्गत विशेष कविता वाचन कार्यक्रम हुनेछ ।
कार्यक्रमको दोस्रो दिन कार्तिक १३ गते शुक्रबार RAC भक्तपुरको आयोजनामा जिल्लाव्यापी अन्तर विद्यालय चित्रकला प्रतियोगिता तथा पुरस्कार एवं प्रमाणपत्र वितरण कार्यक्रम, भक्तपुर साहित्यिक समाजको संयोजनमा ख्वपमा गजल´ वाचन सत्र, तथा बुक क्लब भक्तपुरको संयोजनमा ‘भक्तपुर : हिजो, आज र भोलि नामक विषयमाथि छलफल हुने आयोजकले जनाएको छ ।
कार्यक्रमको तेस्रो दिन कार्तिक १४ गते शनिबार ‘नेपालमा शिक्षक शिक्षा र आधुनिकीकरणमा नयाँ आयाम’ (Paradigm Shift in Teacher Education & Modernization in Nepal) नामक विषयमाथि विचार-विमर्श तथा बुक क्लब भक्तपुरको संयोजनमा ´पठन संस्कृति’ (Reading Culture)- किन र कसरी विषयमा अन्तरक्रिया हुनेछ ।
प्रदर्शनीमा विभिन्न विधा तथा भाषाका पुस्तकहरूको वृहत स्टलसँगै पुस्तक विमोचन, साहित्य वाचन, चित्रकला प्रतियोगिता तथा पुरस्कार वितरण, अन्तरक्रिया तथा परम्परागत नेवारी माैलिक परिकारका स्टलहरू समावेश गरिनेछ।
विभिन्न विद्यालय, कलेज, पुस्तकालयकर्मी, विद्यार्थी, शिक्षक, अभिभावक, साहित्यप्रेमी तथा सम्पूर्ण पुस्तकप्रेमीहरूलाई यस बृहत् शैक्षिक तथा सांस्कृतिक महोत्सवमा सहभागी भई पठन संस्कृतिको विकासमा हातेमालो गर्न आयोजक रोटरी क्लब अफ भक्तपुरले हार्दिक निमन्त्रणा गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1















