भक्तपुरमा बाजा प्रतियोगिताबारे गुरुहरूसँग सुझाव संकलन

0
26

भक्तपुर, चैत्र १९ ।

भक्तपुर नगरपालिकाले आइतबार सांस्कृतिक गुरूहरूको भेला भनपा सभाकक्षमा बिहीबार सम्पन्न गर्यो‍ ।

नगरपालिकाको सभाकक्षमा भएको उक्त भेलामा नगर प्रमुख सुनिल प्रजापतिले जनताको सल्लाह, सुझाव अनुसार भक्तपुर नगरपालिकाले हरेक वर्ष एक विधामा बाजा प्रतियोगिता आयोजना गरिरहेको बताउँदै जुनसुकै विधामा प्रतियोगिता गरेतापनि सोसँग सम्बन्धित विषयमा गुरुहरुसँग राय, सल्लाह र सुझाव लिने गरेको बताउनुभयो ।

उहाँले भक्तपुर नगरलाई सफा र सुन्दर बनाउन सरसफाईमा विशेष ध्यान दिंदै संस्कृति जगेर्नाका कार्य गरिरहेको बताउँदै उहाँले संस्कृतिकर्मीहरू समाजका सम्मानित व्यक्तित्त्व भएको बताउनुभयो । नगरको महत्वपूर्ण मौलिक अमूर्त सम्पदा सूचिकरणका लागि निरन्तर प्रयास भइरहेको बताउँदै उहाँले “भक्तपुर नगरपालिकाले भक्तपुर नपाभित्रका अभौतिक सम्पदाहरु कसिमला पाँय्, कवाङ्चा प्याखं, जुजु धौ, भादगाउँले कालो टोपी, रणजीत मल्लको पुरानो २ वटा गीतहरुको अमूर्त साँस्कृतिक सम्पदामा सूचिकृत गर्न नगरपालिका प्रयासरत छ” भन्नुभयो ।

कार्यक्रममा वडाध्यक्षहरू रवीन्द्र ज्याख्व, राजकृष्ण गोराले पनि बोल्नुभएको थियो भने १० वटै वडाका साँस्कृतिक गुरुहरु विश्वनाथ प्रजापति, कृष्ण कुमार सुवाल, विष्णु प्रसाद प्रजापति, ज्ञानेन्द्र सुवाल, कृष्णगोपाल त्वायना, लक्ष्मी भक्त सिजख्व, विष्णु बहादुर माननन्धर लगायतले दाफा भजन, लालाखीं, नायखिं बाजा, मालती बाजा, पोङा बाजा प्रतियोगिता नभएकोले ती मध्ये एक वटाको प्रतियोगिता गर्न उपयुक्त हुने सुझाव दिनुभएको थियो ।

यस अघि भनपाको आयोजनामा बाँसुरी बाजा, धिमेय् बाजा, धाँ बाजा, पछिमाय् बाजा, प्रगतिशील भजनलगायतका बाजाहरुको प्रतियोगिता सम्पन्न भइसकेका छन् । आ.व. २०८२÷८३को लागि कुन बाजाको प्रतियोगिता गर्दा उचित हुने भन्ने उद्देश्यले बाजा गुरुहरुको भेला गरिएको हो । नगरपालिकाले गर्ने हरेक काममा स्थानीयहरुको राय सुझावहरु लिने गरिन्छ । स्थानीयवासीहरुको सुझावको आधारमा अघि बढ्ने भएकैले नपाको काममा स्थानीय जनताले अपनत्व ग्रहण गर्छन् र सहज रुपमा सम्पन्न हुने गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here