भक्तपुर, चैत्र १९ ।
श्री चण्डेश्वरी अजिमा बचत तथा ऋण सहकारी संस्था लि.द्वारा आयोजित बाँसुरी बाजा तथा बेला (भ्वाइलिन) प्रशिक्षण समापन तथा आर्थिक वर्ष २०८२/०८३ को अर्धवार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै नारायण कृष्ण माकले तालिमबाट सिकेका सीपलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। उनले सिकेका कुरा केवल तालिममै सीमित नराखी बाहिर पनि प्रयोग गर्न र बाजालाई निरन्तरता दिन आवश्यक रहेको बताए।
त्यसैगरी, संस्थाका व्यवस्थापक नारायण प्रसाद त्वानाबासुले संस्थाको आय–व्यय तथा वित्तीय प्रगतिबारे जानकारी गराउँदै आर्थिक गतिविधिको समिक्षा प्रस्तुत गरे। उनले सहकारीले ६९ औँ सहकारी दिवस मनाउने तयारी गरिरहेको जानकारी दिँदै वर्तमान अवस्थामा बचत तथा ऋण सहकारी संस्थाहरू विभिन्न चुनौती र समस्याबाट गुज्रिरहेको उल्लेख गरे।
कार्यक्रमको अन्त्यमा सभापति पूर्णगोपाल राजचलले धन्यवाद ज्ञापन गर्दै तालिम तथा समीक्षा कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्णमा आभार व्यक्त गरे। साथै, यस्ता कार्यक्रमले सदस्यहरूको क्षमता विकास तथा संस्थागत सुदृढीकरणमा टेवा पुग्ने विश्वास व्यक्त गरे।
कार्यक्रममा सहकारीका सचिव विष्णु प्रसाद कर्माचार्यले पनि बोल्नुभएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















