सुकुन्दा साकोसको आयोजनामा स्वास्थ्य शिविर सम्पन्न

0
120

भक्तपुर, चैत २१ । सुकुन्दा बचत तथा ऋण सहकारी संस्था लि.को आयोजनामा मधुमेह, दन्त तथा थाइराइड सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर शनिबार वासिकचा स्थित वाइजल्याण्ड स्कुलमा सम्पन्न  भएको छ।

कार्यक्रममा मधुमेह, दाँत तथा थाइराइड सम्बन्धी विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण तथा परामर्श सेवा प्रदान गरिएको थियो। सहभागीहरूले आफ्नो स्वास्थ्य अवस्थाबारे जानकारी लिनुका साथै आवश्यक सुझाव र उपचार सम्बन्धी सल्लाह समेत प्राप्त गरेका थिए।

सहकारी संस्थाले समुदायको स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले यस्तो कार्यक्रम आयोजना गरेको जनाएको छ। स्थानीयले यस्ता उपयोगी स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिनुपर्ने धारणा व्यक्त गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here