थिमिको जिब्रो छेड्ने अनुष्ठान : यसपटक दत्तात्रेय मन्दिरसम्म यात्रा

0
256

भक्तपुर । मध्यपुर थिमी नगरमा प्रख्यात जिब्रो छेड्ने जात्रा अर्थात् येन्या पुन्ही या म्येँ प्वाखानेगु जात्रा आउँदो भदौ २२ गते दिगू टोलस्थित प्रचण्ड भैरव मन्दिर नजिकैको डबलीमा आयोजना हुने भएको छ।

सामान्यतया जिब्रो छेड्ने जात्रा भन्नासाथ बोडेको जात्रालाई सम्झने गरिन्छ। तर धेरैलाई थाहा नभएको कुरा के भने, मध्यपुरमा यो जात्रा वर्षमा एक पटक मात्र नभई दुई पटक मनाइन्छ। पहिलो जात्रा वैशाख २ गते बिस्का जात्राको दिन दिउँसो बोडेमा हुन्छ भने दोस्रो जात्रा इन्द्रजात्राको भोलिपल्ट पर्ने येया̃ पुन्हीको दिन राति झन्डै ७ बजे दिगू टोलमा सम्पन्न हुन्छ।

जात्रामा प्रयोग हुने फलामको सुइरो, नीतिनियम र विधि बोडेको भन्दा फरक भए पनि यसको सांस्कृतिक तथा धार्मिक महत्त्व उस्तै रहँदै आएको आयोजकले बताएका छन्। त्यसैले नगरवासीले दुवै जात्रा उत्साहपूर्वक मनाउने परम्परा छ।

गत दुई वर्ष जिब्रो छेड्ने भक्तजन पशुपति मन्दिरसम्म गई श्रद्धा अर्पण गरेका थिए भने यस वर्ष भने भक्तपुरको दत्तात्रेय मन्दिर जाने कार्यक्रम रहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here