सूर्यविनायक नगरपालिकाबाटै अब प्यान नम्बर पाइने

0
3

भक्तपुर, २०८३ बैशाख १४ । सेवाग्राहीलाई सहज, छिटो र प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्यले सूर्यविनायक नगरपालिका र आन्तरिक राजश्व कार्यालय भक्तपुरबीच प्यान नम्बर (PAN) वितरणसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ।

यस समझदारीसँगै अब सेवाग्राहीहरूले प्यान नम्बर लिनका लागि आन्तरिक राजश्व कार्यालय धाउनुपर्ने बाध्यता हटेको छ। अब नगरपालिकाबाटै सिधै प्यान नम्बर प्राप्त गर्न सकिने व्यवस्था लागू गरिएको नगरपालिकाले जनाएको छ।

यो पहलसँगै सेवाग्राहीहरूको समय, श्रम तथा अतिरिक्त खर्च बचत हुने विश्वास गरिएको छ। साथै, स्थानीय तहबाटै सेवा उपलब्ध हुँदा नागरिकलाई अझ सहज र प्रभावकारी सेवा प्रवाह हुने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here