भक्तपुरमा अपरिचित व्यक्तिबाट बालबालिका लक्षित घटना बढ्दो, अभिभावकलाई सतर्कता अपनाउन आग्रह

0
38


भक्तपुर, २०८३ बैशाख १० ।
भक्तपुर नगरपालिका वडा नं. १० का विभिन्न स्थानहरूमा अपरिचित व्यक्तिहरूले बालबालिकालाई लोभलालच देखाई एकान्त स्थानमा लैजाने र गरगहना तथा अन्य बहुमूल्य सामग्री लुट्ने घटनाहरू बढ्दै गएको पाइएको छ। यस सम्बन्धमा वडा कार्यालयले सार्वजनिक सूचना जारी गर्दै अभिभावक तथा स्थानीय बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
सूचनाअनुसार केही व्यक्तिहरूले बालबालिकालाई सामान किनिदिने, मिठाई वा खेलौना दिने जस्ता प्रलोभन देखाई फकाउने प्रयास गरिरहेको जानकारी प्राप्त भएको छ। यस्तो गतिविधिबाट बालबालिकाको सुरक्षामा गम्भीर चुनौती उत्पन्न भएकाले समुदायस्तरमै सचेतना र निगरानी आवश्यक रहेको वडा कार्यालयले जनाएको छ।
वडा कार्यालयले अभिभावकहरूलाई आफ्ना बालबालिकालाई अपरिचित व्यक्तिसँग नजान, नबोल्न र कुनै पनि प्रकारको लोभलालचमा नपर्न सचेत गराउन आग्रह गरेको छ। साथै, बालबालिकालाई सकेसम्म एक्लै बाहिर नछोड्न र महँगा गरगहना वा सजिलै लुट्न सकिने वस्तु नलगाइदिन पनि सुझाव दिइएको छ।
त्यसैगरी, कुनै शंकास्पद व्यक्ति वा गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा तुरुन्त जानकारी गराउन र समुदायस्तरमा आपसी समन्वय गरी निगरानी बढाउन सबैमा अनुरोध गरिएको छ।
यस प्रकारका घटनाहरू नियन्त्रण गर्न सबैको सक्रिय सहभागिता र सतर्कता अपरिहार्य रहेको भन्दै वडा नं. १० कार्यालयले सूचनालाई गम्भीरतापूर्वक लिन आग्रह गरेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here