भक्तपुर, २०८३ वैशाख १५ । भक्तपुर नगरपालिकाले भनपा वडा नं. १ दुधपाटी स्थित जुद्ध बारुण यन्त्र कार्यालय, भक्तपुरलाई आगलागी नियन्त्रण गर्न रु. ६ लाख ९३ हजार बराबरको सुरक्षा सामाग्रीहरु क्ऋद्यब् SCBA (self Containing Breathing Apparatus) सेट २ थान र बुट १५ सेट हस्तान्तरण ग¥यो ।
भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख विजयप्रसाद धौभडेललाई मंगलबार एक कार्यक्रम आयोजना गरी उक्त सामग्रीहरू हतान्तरण गर्नुभयो ।
कार्यक्रममा नगर प्रमुख प्रजापतिले विपद्का सम्भावित दुर्घटनालाई ध्यानमा राखेर नगरपालिकाले सहयोग सामाग्री वितरण गर्दै आएको बताउँदै जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरले सक्रियतापूर्वक काम गरिरहेको छ भन्नुभयो ।
जुद्ध बारुण यन्त्र कार्यालय भक्तपुरका कार्यालय प्रमुख विजयप्रसाद धौभडेलले जुद्ध बारुण यन्त्र कार्यालय सबैको साझा संस्था भएको बताउँदै आगलागी नियन्त्रण कार्यमा कुनै कमी कमजोरी हुन नदिने बताउनुभयो । आगामी दिनमा पनि भक्तपुर नपाको साथ र सहयोगको अपेक्षा राख्दै उहाँले दक्ष जनशक्तिहरुबाट जुद्ध वारुण यन्त्र कार्यालयले सेवा प्रवाह गर्दै आएको बताउनुभयो ।
भक्तपुर नपाका प्रमुख प्रशासकीय अधिकृत वसन्त भट्टराईले पनि बोल्नुभएको उक्त कार्यक्रममा भक्तपुर नगरपालिका विपद् व्यवस्थापन समितिका पदाधिकारी र भक्तपुर नपाका शाखा प्रमुखहरूको उपस्थिति थियो ।
भक्तपुर नगरपालिकाद्वारा जुद्ध वारुण यन्त्र कार्यालय भक्तपुरलाई सुरक्षा सामग्रीहरू हस्तान्तरण
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
+1
+1
+1
+1


















