च्वङा गणेश जात्रा भव्य रूपमा सम्पन्न

0
95


भक्तपुर, २०८३ बैशाख ३ । श्री च्वङा गणेशको ऐतिहासिक जात्रा यस वर्ष भव्य तथा हर्षोल्लासपूर्ण वातावरणमा सम्पन्न भएको छ। केही वर्षअघि खत बोक्ने युवाहरूको अभावका कारण जात्रा औपचारिकतामा मात्र सीमित हुने चिन्ता व्यक्त गरिँदै आएको अवस्थामा यसपटक भने उल्लेख्य जनसहभागिताले जात्रालाई पुनः जीवन्त बनाएको देखिएको छ।
स्थानीय समुदायमा जात्रा जोगाउने चिन्ता बढिरहेका बेला भक्तपुर नगरपालिका वडा नं. १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीको पहलमा वडास्तरमै छलफल तथा समन्वय गरिएको थियो। उहाँले स्थानीयवासीलाई जात्रामा सक्रिय सहभागिताका लागि आह्वान गरेपछि समुदायमा सकारात्मक उत्साह थपिएको थियो।
यसैको परिणामस्वरूप सयौं–हजारौं जात्राप्रेमी तथा संस्कृतिप्रेमी दाजुभाइ–दिदीबहिनीहरूको सहभागितामा जात्रा ऐतिहासिक रूपमा सम्पन्न भएको आयोजकले जनाएका छन्। विशेषगरी युवाहरूको उल्लेख्य उपस्थिति जात्राको प्रमुख आकर्षण बनेको थियो।
च्वङा गणेश विकास समिति, तेखापुखु–इताछे क्षेत्रका स्थानीय, दाफा भजन समूह तथा वडा नं. १ का बासिन्दाहरूको सक्रिय सहयोगले जात्रा सफल भएको हो। सहभागीहरूले सामूहिक प्रयास र इच्छाशक्ति भए परम्परागत संस्कृति जोगाउन सम्भव रहेको सन्देश यस जात्राले दिएको बताएका छन्।
स्थानीयवासीले जात्रा सफल बनाउन योगदान पुर्‍याउने सबै पक्षप्रति आभार व्यक्त गर्दै यस्ता सांस्कृतिक परम्परालाई निरन्तरता दिनुपर्नेमा जोड दिएका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here