बागमती प्रदेश मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ भक्तपुर भ्रमणमा

0
75


भक्तपुर, २०८३ बैशाख ४ ।
भक्तपुर नगरपालिकाको अवलोकन भ्रमणमा आउनु भएका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँलाई भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले आज भक्तपुर नगरपालिकाको सभाकक्षमा खादा र भादगाउँले टोपी लगाई स्वागत गर्नुभयो ।
स्वागत कार्यक्रममा बोल्नुहुँदै मुख्यमन्त्री बानियाँले भक्तपुर नपाले शिक्षा, स्वास्थ्य, सम्पदा सरक्षणलगायत आप्mनै पहलमा गरिरहेको कार्य सराहनीय रहेको बताउनुहुँदै स्थानीय तहले सञ्चालन गरेको अस्पताल प्रादेशिक सरहको मान्यता दिन आवश्यक कानुन संशोधन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
उहाँले भक्तपुर नगरपालिकाले प्राचीन सभ्यतासँग जोडेर यहाँको मौलिक भाषा, संस्कृति र सम्पदा संरक्षण गर्दै आएकोमा खुशी व्यक्त गर्दै बागमती प्रदेशका ११९ वटा स्थानीय तहहरुमध्ये जनताप्रति उत्तरदायी भएर कार्य गर्ने भक्तपुर नगरपालिका अग्रणी रहेको चर्चा गर्नुभयो ।
भक्तपुरको शिक्षा र स्वास्थ्य क्षेत्र विकासको लागि प्रदेशबाट हुनसक्ने सहयोगको लागि सधैं तत्पर रहेको बताउनुहुँदै उहाँले भक्तपुर नपाबाट सञ्चालित कलेज र अस्पतालहरुले गरिबमुखी, आयमुखी र जिम्मेवारीपूर्वक सेवा गरिरहेकोमा खुशी व्यक्त गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले सहलगानीमा जोड दिनुहु“दै भक्तपुर नपाले अघि सारेका सम्पदा पुनःनिर्माण लगायत विकास निर्माणको लागि सशर्त, समानीकरण वा समपूरक अनुदानको व्यवस्थाको लागि प्रदेशबाट आवश्यक पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा नगरप्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर अवलोकन गर्नुभएकोमा आभार व्यक्त गर्नभयो । उहाँले भक्तपुर नपाबाट सञ्चालित शैक्षिक संस्था, ख्वप अस्पताल र ख्वप तिलगंगा आँखा अस्पतालको सेवा प्रवाह र सम्पदा संरक्षणबारे अवगत गराउनुहुँदै ख्वप अस्पतालमा दैनिक १२०० भन्दा बढी बिरामीहरुले उपचार सेवा प्राप्त गरिरहेको तथा ११ घण्टा ओपीडि सेवा सहित ३६५ दिन खुल्ने एकमात्र अस्पताल भएको भएतापनि एमआरआई मेशिनको अभावमा सेवाग्राहीहरुलाई उपचारमा कठिनाई भइरहेको बताउनुभयो ।
उहाँले भक्तपुर नगरपालिकाद्वारा निर्माणाधीन अरनिको सभाभवनलगायत महत्वपूर्ण आयोजनाहरुको बजेट व्यवस्थापनमा प्रदेश सरकारबाट थप आर्थिक अनुदानको व्यवस्था भएमा जनताको सेवा हुनेमा जोड दिनुभयो ।
बागमती प्रदेशका सांसद सुरेन्द्रराज गोसाईले भक्तपुर नगरपालिकाले कला, संस्कृति र सम्पदा संरक्षणलाई अगाडि बढाउँदै नगरबासीहरुको शिक्षा र स्वास्थ्यलाई ध्यान दिंदै व्यापक जनताको हितको निम्ति काम गरिरहेको हुँदा यस अभियानलाई टेवा पु¥याउन प्रदेश स्तरबाट आगामी वार्षिक बजेटमा भक्तपुर नगरपालिकालाई प्राथमिकतामा राख्नुपर्ने विचार व्यक्त गर्नुभयो ।
उहाँले देश विकासलाई अग्रगति दिन बागमती प्रदेशबाट उल्लेखनीय र स्मरणीय कार्यहरु हुनेमा विश्वास व्यक्त गर्नुभयो ।
कार्यक्रम पश्चात नगरप्रमुख प्रजापतिले मुख्यमन्त्री बानियाँलाई भक्तपुर नपाको तर्पmबाट प्रसिद्ध मयुर झ्याल र नपाका प्रकाशनहरु उपहारस्वरुप प्रदान गर्नुभयो ।
मुख्यमन्त्री बानियाँले आजै भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप अस्पताल, ख्वप ईन्जिनियरि· कलेज, ख्वप कलेज अफ इन्जिनियरिङ्ग, ख्वप कलेज, ख्वप मावि र निर्माणाधीन अरनिको सभाभवनको स्थलगत अवलोकलन पनि गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here