भक्तपुर, जेठ ९ । श्री गणेश माध्यमिक विद्यालय चाँगुनारायण नगरपालिका, छालिङ्ग भक्तपुरको आयोजित “नवआगन्तुक विद्यार्थी स्वागत कार्यक्रम–२०८३” भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि तथा विद्यालय व्यवस्थापन समिति अध्यक्ष न्हुछे भक्तपुरको विशेष उपस्थिति रहेको थियो।
कार्यक्रमको सभापतित्व विद्यालयका प्रधानाध्यापक इन्द्र बहादुर फोजूले गर्नुभएको थियो भने सहायक प्रधानाध्यापक रामकृष्ण त्यातको समेत सक्रिय सहभागिता रहेको थियो।
विद्यालय प्रशासन समितिका तर्फबाट सानुकाजी दथेपुथे र सानुमाया लागेजूले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। यस शैक्षिक सत्रमा विद्यालयमा नयाँ भर्ना भएका विद्यार्थीहरूको सङ्ख्या १०५ पुगेको जानकारी गराइएको थियो।
विद्यार्थीहरूको तर्फबाट साकुरा बाटा र एञ्जिला तामाङले स्वागत मन्तव्य राख्दै विद्यालयप्रतिको आफ्नो उत्साह व्यक्त गर्नुभएको थियो। कार्यक्रमको सञ्चालन सरिता ह्यौमिखाले गर्नुभएको थियो।
“सफल जीवनको लागि शिक्षा” भन्ने मूल नारासहित विद्यालयले गुणस्तरीय शिक्षा प्रदान गर्दै विद्यार्थीहरूको उज्ज्वल भविष्य निर्माणमा निरन्तर अग्रसर रहेको छ।

















