भक्तपुर जिल्ला बक्सिङ संघद्वारा बधाई तथा प्रवचन कार्यक्रम

0
137

भक्तपुर, ३ माघ । भक्तपुर जिल्ला बक्सिङ संघद्वारा आयोजित बधाई तथा प्रवचन कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रम नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का केन्द्रीय सदस्य तथा वागमती प्रदेशसभा सदस्य माननीय सुरेन्द्र राज गोसाईंको प्रमुख आतिथ्यतामा सम्पन्न भयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि गोसाईंले गुठी जस्ता संस्थाहरू विधि र प्रणालीअनुसार चल्नुपर्ने भएझैँ देश सञ्चालन गर्ने सरकारले पनि स्पष्ट नीति, विचार र सिद्धान्तका आधारमा काम गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो। तर हालका शासक दलका नेताहरूमा त्यो अभाव देखिएको भन्दै उहाँले अकर्मण्य नेतृत्वका कारण देश र जनता पीडित भएको बताउनुभयो। कमजोर सरकार निर्माण गरेर विदेशी शक्तिले नेपालको स्रोत–साधन दोहन गरिरहेको आरोप पनि उहाँले लगाउनुभयो।
नेमकिपासम्बन्धी प्रसङ्गमा बोल्दै गोसाईंले नेपाली कांग्रेसको कारण पार्टी फुटको शिकार भएको इतिहास स्मरण गराउँदै अन्ततः कांग्रेस आफैं विभाजनको बाटोमा पुगेको टिप्पणी गर्नुभयो। आगामी माघ १० गते नेमकिपाको ५२औँ स्थापना दिवस विभिन्न कार्यक्रमसहित मनाउनुपर्ने बताउँदै उहाँले वर्तमान राजनीतिक अवस्थाबारे चर्चा गर्नुभयो। ठूला शासक दलहरूमा आन्तरिक द्वन्द्व, अविश्वास र गुटबन्दी बढ्दै गएको तथा पैसा र पदको लोभले विदेशी शक्तिको प्रभावमा परेकाले नेताहरूले शिर ठाडो गरेर हिँड्न नसकेको उहाँको भनाइ थियो।
गोसाईंले विदेशी पैसाको प्रभावमा निर्वाचन जित्ने प्रवृत्तिले देश र जनताको हितमा काम हुन नसकेको उल्लेख गर्नुभयो। एमसिसी सम्झौताको सन्दर्भ उठाउँदै उहाँले त्यसबाट अमेरिकी कानुन लागू हुने भएकाले यो नेपालको सार्वभौमिकतामाथिको हस्तक्षेप भएको दाबी गर्नुभयो। साथै, का. रोहित दरभंगामा बस्दा कसैबाट कुनै लाभ नलिई निस्वार्थ सेवा गरेको उदाहरण प्रस्तुत गर्नुभयो।
भाद्र २३ र २४ गते भएको उपद्रोह अमेरिकी साम्राज्यवाद, भारतीय विस्तारवाद र सेनाको सहयोगमा भएको हुन सक्ने आशङ्का व्यक्त गर्दै उहाँले विश्व राजनीति र युद्धका असरबारे पनि धारणा राख्नुभयो। भेनेजुयलाका राष्ट्रपति मादुरोमाथि भएको घटनाको विरोध गर्दै अमेरिकाले चीनलाई रोक्न खोजेको र हतियार व्यापारमा निर्भर अमेरिकाले विश्वलाई तेस्रो विश्वयुद्धतर्फ धकेल्ने खतरा रहेको उहाँको भनाइ थियो। युद्धका कारण विश्व अर्थतन्त्र खस्कँदै गएको र पर्यटन क्षेत्रसमेत प्रभावित भएको उहाँले बताउनुभयो। अन्त्यमा उहाँले राजनीति घमण्ड र दम्भले होइन, अडान, धैर्यता, नैतिकता र आदर्श विचारले चल्नुपर्ने स्पष्ट पार्नुभयो।
कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष गौतम सुजखुले उद्योग वाणिज्य संघले तल्लो वर्गका व्यापारीको उत्थानमा ध्यान दिनुपर्ने र सदस्यता वितरण गर्दा राष्ट्रिय पुँजीलाई प्राथमिकता दिनुपर्ने आवश्यकता औँल्याउनुभयो।
भक्तपुर जिल्ला बक्सिङ संघका अध्यक्ष रामकृष्ण प्रजापतिको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाल बक्सिङ महासंघका कोषाध्यक्ष एवम् भक्तपुर जिल्ला सदस्य गौतम सुजखू भक्तपुर उद्योग वाणिज्य संघको ३८औँ साधारणसभा तथा अधिवेशनबाट सचिव पदमा निर्विरोध निर्वाचित हुनुभएको अवसरमा प्रमुख अतिथि गोसाईंले ताम्रपत्रसहित सम्मान गर्नुभयो। साथै, भक्तपुर जिल्ला बचत तथा ऋण सहकारी संघको सदस्य पदमा निर्वाचित भएकामा बधाई पत्र प्रदान गरी सम्मान गरिएको

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here