विश्वकै दुर्लभ मानिएको चट्टान अभिलेखको मन्त्री श्रेष्ठद्वारा अवलोकन

0
23

भक्तपुर । बागमती प्रदेशका संस्कृति तथा पर्यटन मन्त्री सुरेश श्रेष्ठले चाँगुनारायण नगरपालिका वडा नं. ९ हलालगाउँस्थित विश्वकै दुर्लभ मानिएको चट्टान अभिलेख तथा आसपासका ऐतिहासिक सम्पदास्थलहरूको स्थलगत अवलोकन गरेका छन् ।

अवलोकनपछि मन्त्री श्रेष्ठले उक्त क्षेत्रका ऐतिहासिक, पुरातात्त्विक तथा सांस्कृतिक सम्पदाको संरक्षण, सम्वर्द्धन र पर्यटन प्रवर्द्धनका लागि आगामी बजेटमार्फत आवश्यक योजना समेट्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा स्थानीय संस्कृतिकर्मी, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको समेत सहभागिता रहेको थियो ।

अवलोकनमा स्थानीय यज्ञविक्रम थापा, पुरकार पराजुली, सञ्चारकर्मी हरिसुन्दर छुकां तथा ताथली धिमे खलःका अध्यक्ष विजयराम वनमालालगायतको सहभागिता रहेको थियो।

source : ताथली खबर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here