बचत फिर्ता गर्ने सन्देश

0
62
                              🖌️आर.के. विद्रोही 

साथी मैले विश्वास गरी,
जग्गा बेचेको धन तिमीलाई थमायौ,
“घर किन्नैपर्ने” भन्ने सर्त राखेर,
आशा र भरोसाका साथ दियौ ।

मैले पनि विश्वास गरेको थिएँ,
छिट्टै सबै फिर्ता गर्नेछ भनेर,
तर परिस्थिति र बाध्यताले,
पटक–पटक सारियो रकम फिर्ता समय ।

मैले घर खोज्यौ, समय पर्खियौ,
धेरै चोटि सम्झायौ पनि,
तर तिम्रो उत्तरमा बहाना धेरै भए,
मेरो मनमा पीडा भरियो पनि ।

आज म लाज र क्षमायाचनासहित,
फेरि एकपटक अनुरोध गर्छु,
जसरी भए पनि पैसा मिलाउनु,
अलिकति समय र सहयोग माग्छु ।

विश्वास नटुटोस् हाम्रो मित्रता,
सम्बन्धमा दरार नपरोस्,
मेरो पैसा तिर्ने जिम्मेवारीबाट,
तिमी कहिल्यै पछि नहट्टोस् ।

माफी देऊ यदि दुःख दिएँ भने,
मनले कहिल्यै धोका सोचेको छैन,
साथी, मेरो भरोसाको ऋण,
जीवनमा कहिल्यै बिर्सने छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here